• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

मन्त्रिपरिषद् बैठक साँझ ५ बजे, अध्यादेश ल्याउने तयारी


काठमाडाैं । मन्त्रीपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटार मा बोलाइएको छ।
बैठकले केही महत्वपूर्ण निर्णय लिने बताइए को छ । कोभिड- १९ संक्रमण नियन्त्रणमा देखिए का कानुनी अड्चन हटाउनका लागि अध्यादेश

ल्याउने सरकारकाे तयारी गरेको छ ।सरकारी उच्च स्राेतका अनुसार बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई अति शक्तिशाली र विशेष अधिकार दिने गरि अध्यादेश ल्याउने भएको छ । नेपालमा कोरोना जोखिम बढ्दै जाँदा र अस्पतालहरुमा अभाव र तनाव बढ्दै गर्दा सीसीएमसीलाई शक्तिशाली बनाउने गरि अध्यायदेश जारी गर्ने तयारी गरेको हो ।

स्वास्थ्य सामग्री खरिदमा लाग्ने समय र ल्याउने देश तथा निषेधाज्ञा लगायतका कानुनी व्यवस्थामा परिमार्जन गरेर अध्यादेश ल्याउन लागिएको बताइएको छ ।
आइतबार सिंहदरबारमा बसेको बैठकमा कानुनी अभाव र अड्चनका कारण कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणमा समस्या आएको

कुरा उठेकाे थियाे । कोभिडसम्बन्धि कानुन संशोधन गर्नका लागि ‘फास्ट ट्रयाक’ बाट भए पनि अध्यादेश ल्याउने तयारी भइरहेको बताइएकाे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज (सोमबार) नै अध्यादेश जारी गर्ने र राजपत्रमा प्रकाशित गरेर लागु गर्ने तयारी भएको स्रोतको दाबी छ ।

हाल संक्रामक रोग ऐन, २०२० कार्यान्वयनमा रहेको छ । यो ऐनमा अहिलेको महामारी नियन्त्रणका लागि पर्याप्त व्यवस्था नभएकाले अध्यादेश ल्याउन लागिएको हो ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३ गते सोमवार