काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङउपर सहकारी ठगी गरेको भन्दै उजुरी परेकाले छानविन गर्ने कि नगर्ने? भनेर प्रश्न गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद पराजुलीले मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १५ करोड रुपैयाँ रकम हिनामिनामा गरेको आरोप लगाए ।
त्यसैगरी एपिवान टेलिभिजनमा पनि जिबी राईको लगानी रहेको कुरा सार्वजनिक भएको भन्दै एपिवानमा लगानी गर्न सहकारीको पैसा लगिएको थियो कि थिएन? सो पनि छानविन गर्ने नगर्ने? भनेर उनले अर्को प्रश्न गरे।
उनले सरकार बनाउन भूमिका खेल्ने एपिवान टिभीका मालिकलाई सरकारले छानविन गर्ने हिम्मत राख्छ? भनी गृहमन्त्रीलाई प्रश्न गरे।