• २०८१ जेष्ठ २ गते बुधवार
  • Preeti To Unicode

लुम्बिनी प्रदेश कमिटी अध्यक्ष बने मेटमणि


नेकपा एकीकृत समाजवादी पार्टीले लुम्बिनी प्रदेश कमिटी गठन गरेको छ । शुक्रबार बुटवलमा सम्पन्न सो पार्टीको प्रथम भेलाले मेटमणि चौधरीको नेतृत्वमा नेकपा
एकीकृत समाजवादीले लुम्बिनी प्रदेश कमिटी गठन गरेको रुपन्देहीका अध्यक्ष तथा नवगठित प्रदेश कमिटीका सचिव राजु गुरुङ्गले जानकारी दिए । हाललाई १ सय ५१ सदस्यीय प्रदेश

कमिटी गठन गरेका छौं , यस प्रदेशका १२ वटै जिल्ला कमिटीहरु पनि गठन भई सकेका छन् गुरुङले भने भेलाले प्रदेशका सबै जिल्लाहरुमा भेला र संगठन बिस्तार गर्ने निर्णय गरेको छ ।भेलालाई सम्वोधन गर्दै नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमा विद्रोह सुरु भएको र अहिले सलाईको एउटा काँटी मात्रै सल्कीएको तर भोलीका दिनमा विद्रोहको ज्वाला दन्कँदै केपी ओली नेतृत्वको एमाले धरासायी हुने दावी गरेकी थिइन् ।

कार्यक्रममा नेताहरू विजय पौडेल, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी र राजु गुरुङ लगायतले बोल्दै पार्टी अभियानलाई तीव्र रूपमा अघि बढाउने बताएका थिए । लुम्बिनी प्रदेशका १२ वटा जिल्ला मध्ये गुल्मी जिल्ला सो पार्टीको कमजोरी जिल्ला देखिएको थियो ।

तर हिजो केपी ओली समूहबाटै विद्रोह गरेर आएका तत्कालिन युवा संघका केन्द्रिय सदस्य हिमाल थापा इन्चार्ज र रेसुङ्गा बहुमुखी क्याम्पसका स्ववियु सभापति श्रीराम महत अध्यक्ष रहने गरि गुल्मी जिल्ला कमिटी गठन गरिएको छ । गुल्मी कै गणेश खनाल प्रदेश कमिटी सदस्यमा चयन भएका छन् ।

प्रकाशित मिति : २०७८ असोज २ गते शनिवार