• २०८१ असोज २३ गते बुधवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० फाल्गुन २२ गते मङ्गलवार। श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० फाल्गुन २२ गते मङ्गलवार तदनुसार ई. सं. २०२४ मार्च ०५ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:१९ बजे र सूर्यास्त : साँझ ०५:५८ बजे, चन्द्रास्त : दिउँसो ०१:३३ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०१:२० बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:२७ बजे र सूर्यास्त : साँझ ०६:०६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:३३ बजे र सूर्यास्त : साँझ ०६:११ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:४८ बजे र सूर्यास्त : साँझ ०६:२५ बजे, फाल्गुन कृष्णपक्ष (सिल्लागा) दशमी तिथि, मध्यरात्रीपछि ०१:३८ बजेसम्म, त्यसपछि एकादशी तिथि, मूल नक्षत्र, दिउँसो ११:२८ बजेसम्म, त्यसपछि पूर्वाषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा (अहोरात्र व्याप्त), सिद्धि योग, बिहान १०:०६ बजेसम्म, त्यसपछि व्यतिपात योग , सुरुमा वणिज करण दिउँसो ०२:१९ बजेसम्म, त्यसपछि विष्टि÷भद्रा करण मध्यरात्रीपछि ०१:३८ बजेसम्म, अन्तिममा बब करण, (भद्राको वास : पाताललोक), आनन्दादि योग : छत्र, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : उत्तर, वारशूल : उत्तर, वाणपञ्चकमध्ये नृप (राज) वाण : दिउँसो ०३:१७ बजेपछि, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, आजको मुहूर्त : शुभ विवाह,

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २३ गते : श्री विजया एकादशी व्रत, मुहूर्त : शुभ विवाह, अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा÷रुद्राभिषेक), पसल थाप्ने (दोकान खोल्ने), गृह प्रवेश (घर सर्ने), २४ गते : मुहूर्त : शुभ विवाह, शिववास (रुद्रीपूजा÷रुद्राभिषेक), गृह प्रवेश (घर सर्ने) , २५ गते : श्री महा शिवरात्री व्रत, श्री शुक्र प्रदोष व्रत (दाम्पत्यसुख, प्रेमजीवन र सुखसम्मृद्धिका लागि), चतुर्दश लिंगपूजा, श्री वैद्यनाथ जयन्ती, सेना दिवस, हलेसी महादेव, पशुपतिनाथ लगायत देशविदेशका शिवालयहरूमा मेला÷विशेष पूजाआजा, शिलाचह्रे पूजा (नेवार समुदायमा प्रचलित पर्व), अन्तर्राष्ट्रिय नारी दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा÷रुद्राभिषेक), अन्नप्राशन (पास्नी)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिवश आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। अस्वस्थताले काममा जुट्न बाधा पर्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ। असल मित्र, शुभचिन्तक वा जीवनसाथीको सहयोग प्राप्त भइरहनेछ। धेरै आम्दानी नभए पनि व्यवसाय सामान्य रूपमा चल्नेछ। बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। सेवामूलक काममा प्रवृत्त भइनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले घरेलु तथा सामाजिक समस्या आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको चाप पनि बढ्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। आफ्नाे क्षेत्रमा पनि अरूले हस्तक्षेप गर्न सक्छन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। काम बन्नुका साथै धनलाभ हुनेछ। बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने दिगो कामको जग बसाउने समय छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्ने समय छ। यात्राको प्रक्रियामा बढी खर्च हुन सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ। समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला। अध्ययनमा त्यति समय दिन नसकिएला। नियमित काम र व्यवसाय सामान्य अवस्थामै चल्नेछन्। महत्त्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। आर्थिक स्थितिमा सामान्य सुधार आउनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
हतारको निर्णयले काम बिग्रनेछ। महत्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुपर्नेछ। खराब व्यक्तिको संगतले समस्या निम्त्याउनेछ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा हतारमा निर्णय नलिनुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। स्रोत-साधन जुट्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। साथीभाइ र आफन्तसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। पहिलेको सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्नेछ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। नाम, दाम र इनाम कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल भइनेछ।

प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार