• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८१ आश्विन २६ गते शनिवार, श्री नवदुर्गा भवानीका कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८१ आश्विन २६ गते शनिवार तदनुसार ई. सं. २०२४ अक्टोबर १२ तारिख,कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४४, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४६, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५४ बजे र सूर्यास्त : साँझ ०५:२९ बजे. चन्द्रोदय : दिउँसो १२:५९ बजे र चन्द्रास्त : मध्यरात्रीपछि १२:५१ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०२ बजे र सूर्यास्त : साँझ ०५:३६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०९ बजे र सूर्यास्त : साँझ ०५:४२ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:२४ बजे र सूर्यास्त : साँझ ०५:५६ बजे. आश्विन शुक्ल (दुर्गा) पक्ष (कौलाथ्व) नवमी तिथि, भोलि बिहान ०४:१८ बजेसम्म, त्यसपछि दशमी तिथि, भोलि बिहान ०२:४२ बजेसम्म, अन्तिममा एकादशी तिथि (तिथि टुटेको दिन) , श्रवण नक्षत्र, मध्यरात्रीपछि १२:५४ बजेसम्म, त्यसपछि धनिष्ठा नक्षत्र, चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त), धृति योग, बेलुका ०९:५८ बजेसम्म, त्यसपछि शूल योग , सुरुमा तैतिल करण साँझ ०५:०६ बजेसम्म, त्यसपछि गर करण भोलि बिहान ०४:१८ बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : चर, चन्द्रवणर् : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : उत्तर, वारशूल : पूर्व, वाणपञ्चकमध्ये रोग वाण : बेलुका ०९:१७ बजेपछि, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम, आज : विजया दशमी, दशैंको टीका, नवरात्रअन्तर्गत श्री अपराजिता भगवतीको आराधना, नवरात्र व्रतको पारणा देवी/दुर्गा विसर्जन, तुलजा भवानीको यात्रा, स्थिरासन/खड्ग यात्रा, शमी दर्शन (चालँ), जयन्ती दर्शन तथा ग्रहण, नीलकण्ठ दर्शन, विजययात्रा, श्री शिरडी साईबाबा पुण्यतिथि, बौद्धावतार,

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- २७ गते : श्री पापाङ्कुशा एकादशी व्रत, अन्नपूणर्ा यात्रा (असँचाल), मुहूर्त : धान्यच्छेदन (मुठी लिने) , २८ गते : पण्डित सोमनाथ सिग्द्याल जयन्ती, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), २९ गते : श्री भौम प्रदोष व्रत (ऋणरोगशमनका निमित्त), खाँची सराय पर्व, साहित्यकार लैनसिंह वाङ्गदेल स्मृति दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिष्ठित काम गर्ने सौभाग्य प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। नाम, दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। प्रतीक्षा गरिएको उपलब्धि हातपार्न सकिनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै नाम, दाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
पहिलेकै समस्याा सुल्झाउन अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतको परिणाम प्राप्त हुनेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ। रोकिएको काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ। कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। व्यापारलगायत लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ। नयाँ कामको थालनी हुने समय छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
शुभचिन्तकहरूले साथ दिने हुँदा प्रतिष्ठित काम गर्ने मौका छ। विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ। गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ। सानो प्रयत्नले नाम, दाम र इनाम दिलाउनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। आफ्नो प्रतिभाको कदर हुनेछ। पेसा–व्यवसायमा राम्रै उपलब्धि हासिल हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सहयोगीहरू पछि हट्नाले चिताएको काममा बाधा पुग्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउनेछ। नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। परिवारमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
चिताएको काम बन्नाले उत्साह जाग्नेछ। नयाँँ काम सुरु हुनेछ। पेसा–व्यवसायमा लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो काम थाल्न सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दिन रमाइलो रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। साथीभाइसँग असमझदारी बढ्ला। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। खर्चिलो काम थाल्नाले आर्थिक भार बढ्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। यात्रा असहज बन्न सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। मिहिनेत गर्दा थप आयस्रोत फेला पर्नेछन्। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ। भौतिक साधन जुट्नाले पनि दिगो योजना प्रारम्भ हुनेछ। व्यापार बढ्नेछ भने पेसा–व्यवसायमा मनग्य धनलाभ हुनेछ। आजको मिहिनेतले भविष्यमा समेत नाम, दाम र प्रतिष्ठा हातपार्न सकिनेछ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०८१ असोज २६ गते शनिवार