• २०८१ बैशाख १५ गते शनिवार
  • Preeti To Unicode

एक्लो मान्छे ओली, एक्लिएको एमालेसँग सबै टाढिए, लिङ्देन र कमल थापा ओलीको साथमा


काठमाडौँ आगामी संसदीय निर्वाचनमा गठबन्धनबीच मोर्चा कसिएर बाँडफाँडमा कुरा पुगिरहेका बेला विपक्षीमा रहेको एमाले रणनीति बनाउन व्यस्त छन्।तर अहिलेसम्म कुन नीतिका साथ चुनावमा जाने अन्योलता कायमैछ।एमाले अध्यक्ष ओली राजनितिक रुपमा जतिसुकै खराब भएपनि केही पक्षमा अब्बल छन्,पस्तो जतिसुकै तनाब भएपनि उनको भावभंगीमा

कहिल्यै परिवर्तन आउँदैन । उनी कहिल्यै आफुलाई कमजोर ठान्दैनन् । जस्तो सुकै बाधा अड्चन आएपनि हार मान्दैनन्, बरु डटेर लड्छन् ।अहिले ओलीका लागि निकै कठिन समय चल्दैछ । मंसिर ४ को संसदीय निर्वाचनमा एमालेविरुद्ध आठ दल मोर्चाबन्दीमा जान थालेपछि गत निर्वाचनको १२१ सिट खर्लप्प हुनसक्ने आँकलन भइरहेका छन् । तर ओली स्थानीय तहमा पाँच दललाई क्रयाककुरुक पार्छु भन्थे, अहिले आठ दललाई पछार्ने हिम्मत जुटाइरहेका छन् ।ओलीविरुद्धको पाँच दलीय मोर्चा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा समेत तालमेल गर्दै जाने निर्णयका साथ भागबण्डामा केन्द्रीत बनेको छ भने, लोसपा र नेसपासहित बामदेव गौतमको पार्टीसमेत सामेल भएर शक्ति बढाउने तयारी चलिरहेको छ ।यस्तो बेला एमालेको पहिलो रणनीति आफ्नो छुट्टै गठबन्धन बनाएर शक्ति बढाउने हो । तर स्थानीय तहको निर्वाचनमा एमालेसँगै रहेको लोसपाले समेत अहिले गठबन्धनमा जाने र सरकारसम्मको हिस्सा लिनेबारे छलफल चलाइरहेको छ ।

लोसपा बाहिरीए पनि एमालेसँग तालमेलका लागि कमल थापा नेतृत्वको राप्रपा नेपाल तयार हुनसक्छ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले समेत स्थानीय तह निर्वाचनमा तालमेल गरेकाले झापासहितका केही स्थानमा फेरि त्यो सम्भावना देख्न सकिन्छ । त्यसबाहेक सीके राउत नेतृत्वको जनमत पार्टीसमेत एमालेसँग उभिन सक्छ । तर यी दलहरु कोही एक सिटमा सिमित छन् भने कुनै भर्खरै संसदीय निर्वाचनमा डेब्यु गर्दैछन् । उनीहरुसँग तालमेल हुनु र नहुनुले खासै तात्विक भिन्नता राख्ने देखिँदैन । त्यसैले एमाले चाहेर नचाहेर एक्लै जाने र शक्ति परीक्षण गर्ने तयारीमा रहेको देखिन्छ ।

निर्वाचनकै मुखमा कमजोर बाटो हिडिरहेको एमालेका लागि केही भरपाईँ गर्न भएपनि भर्खरै विभाजन भएर चोइटिएका कार्यकर्तालाई तान्नु अपरिहार्य छ । त्यसबाहेक गठबन्धनको भागबण्डामा असन्तुष्ट बनेकाहरुलाई रिझाउनु उसको उद्देश्य हुनसक्छ ।स्थानीय चुनावमा प्राप्त लोकप्रिय मतले एमालेको जनमत अझै पनि बलियो रहेको देखाउँछ । तर पार्टीका नेताहरुले दाबी गरेजस्तो पहिलेकै स्थानमा एमाले छैन।करिब १० लाख मत नेकपा एकीकृत समाजवादी बनेपछि प्रभावित भएको देखिन्छ । स्थानीय तहको चुनावी मतपरिणामलाई हेर्दा १६५ क्षेत्रमा काँग्रेस ७६ स्थानमा अगाडी छ ।

एमाले ७१ स्थानमा अघि हुँदा माओवादी ८, जसपा ५ र एकीकृत समाजवादी १ स्थानमा अगाडी छन् । एमालेविरुद्ध आठ दलीय मोर्चा बनेर चुनावमा इमान्दार तालमेल भएको खण्डमा एमाले अगाडी रहेका केही क्षेत्रको पकडसमेत गठबन्धनमा जानेछ ।तथापी ओली कार्यकर्तामा परेको मनोवैज्ञानिक दबाबलाई भगाउन हिम्मतको घुट लगाइरहेका छन् ।

प्रकाशित मिति : २०७९ साउन २५ गते बुधवार