• २०८१ बैशाख १५ गते शनिवार
  • Preeti To Unicode

आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?


हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।शनिबार देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/

चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

आइतबार पनि देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

नुवाकोट केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँमा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्र​का अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ५.३ म्युग्निच्युड रहेको थियो ।

गत साउन १५ गते पनि खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको थियो । पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो ।

प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार