• २०८१ बैशाख २१ गते शुक्रवार
  • Preeti To Unicode

धरानका मेयर हर्कलाई भेटेपछि राजनीति छाडिन् एलिजा गौमतले


काठमाडौं : एलिजा गौतमले नागरिक उन्मुक्ति पार्टी छाडेकी छिन्। पाँच महिनाअघि माघमा नागरिक उन्मुक्तिमा प्रवेश गरेकी अभिनेत्री एलिजाले धरान पुगेर पार्टी परित्याग गरेको घोषणा गरेकी हुन्।

नागरिक उन्मुक्तिका संस्थापक रेशम चौधरीलाई जेलबाट छुटाउन आन्दोलनमा एलिजा पनि सक्रिय थिइन्। सत्ता गठबन्धनको बैठकमा पनि एलिजाले इन्ट्री गरेकी थिइन्। अहिले उनको पार्टी सत्तारुढ दल समेत हो। धरान उपमहानगरका मेयर हर्क राईलाई भेटेपछि उनले राजनीति त्यागेको घोषणा गरेकी हुन्।

‘दलको सक्रिय राजनीति गर्नेहरुलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु। यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ। मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन्। अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु,’ एलिजाको घोषणा छ।

प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार