• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७८ ज्येष्ठ २१ गते शुक्रवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ जेठ २१ गते, शुक्रवार, ४ जुन २०२१। ज्येष्ठ कृष्ण पक्ष नवमी तिथि (प्रातः ५ः५१ बजे देखि दशमी)। उत्तरभाद्रपदा नक्षत्र।
चन्द्रराशि– मीन। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०५ बजे र सूर्यास्त : साँझ ०६:४५ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय :

बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०६:५५ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यमा समस्या आउनका साथै काम बिग्रन सक्छ, तर साँझमा केही शुभ र नयाँ समाचार पाइन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभ कार्यको चर्चा चल्नेछ । धार्मिक र सांस्कृतिक सामाजिक कार्यमा सरिक हुने सम्भावना छ, तर स्वास्थ्य सुरक्षा अपनाउनु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज दिन काट्न गारो पर्ला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । सरकारी निकायको भय रहला । कर्मक्षेत्र पनि सङ्घर्षशील नै रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कुनै कुराले मनमा शान्ति मिल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ, तर स्वास्थ्य मापदण्ड भने पूरा गर्नुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनसक्छन् । कार्य क्षेत्रमा सफलता मिल्नेछ । आफन्तहरूको सहयोग पाइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सामान हराउने भय रहने र मनमा वैराग्यको भावना पलाउन सक्छ । मनको डरले सताए पनि व्यवहारमा भने फाइदा हुन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज विशिष्ट व्यक्तिको साथ र सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । धनार्जनका नयाँ काम र स्रोतहरू पत्ता लाग्नेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कला र गलाको प्रभाव बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हातपर्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । अधुरो काम पुन: प्रारम्भ हुन सक्छ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ जेष्ठ २० गते बिहिवार