• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

एमाले एकता जोगाउन पहल गर्ने नेपाल समूहको निर्णय


एमालेकोमाधव नेपाल–झलनाथ खनाल समूहले पार्टी एकतालाई अन्तिम निष्कर्षमा पुर्याउन र पार्टी एकता जोगाउन थप पहल गर्ने निर्णय
गरेको छ।सोमबार बसेको सो समुहको स्थायी कमिटी बैठकले एकताको पहल जारी राख्ने निर्णय गरेको बैठकमा सहभागी नेता युवराज ज्ञवालीले जानकारी

दिए। त्यस्तै एकता प्रक्रिया चलिरहेका बेला केही दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौ जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा दिएको अभिव्यक्तिले पार्टी एकतामा अवरोध सिर्जना गरेको भन्दै उक्त अभिव्यक्तिलाई गम्भीर रुपमा लिएको छ । ज्ञवालीका अनुसार एकता प्रक्रिया चलिरहेका बेला अध्यक्ष ओली पक्षले एकपक्षीय बैठक राखेर पार्टी विभाग गठन र विभिन्न कार्यदल गठन गरिरहेको भन्दै उक्त कार्य रोक्न माग समेत गरेको छ ।

सोमबार मात्रै ओली पक्षको बैठकले ९ वटा विभागमा सदस्यहरु नियुक्ति गरेको छ । त्यस्तै आइतबारको बैठकले महाधिवेशनका लागि विभिन्न कार्यदल गठन गरेको छ ।

‘यस्ता गतिविधि रोकिनुपर्छ भन्ने निश्कर्ष छ’, ज्ञवालीले रातोपाटीसँग भने, ‘अव हामी एमालेलाई रुपान्तरण गर्ने हो, पार्टी एकतालाई निष्कर्षमा पुर्याउने हो,’ज्ञवालीको भनाइ छ ।

त्यस्तै नेपाल खनाल समुहको बैठकले आफ्नो समुह तत्काल सरकारमा सहभागी नहुनेमा निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २०७८ साउन १८ गते सोमवार