• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

भीम रावलले यसरी व्यक्त गरे विधान महाधिवेशन समारोहका अनुभूतिहरु


काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुक्रवारबाट शुरु भयो। महाधिवेशनको उद्घाटनमा एमाले अध्यक्ष केपी
शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे।माधव कुमार नेपालको साथ छाडेर ओली तिर रहेका नेताहरुले १० बुँदे सहमति ओलीले उल्लंघन गर्दै एकलौटी ढंगले अगाडि बढेको आरोप

लगाउँदै आएका छन्। अझै पनि उनीहरुले ओलीले त्यसमा गल्ती गरेको र आत्माआलोचना गर्नुपर्ने बताउँदै आएका छन्।एमालेको विधान महाधिवेशन भइरहँदा नेता भीम रावलले असन्तुष्टि पोखेका छन्। विधान महाधिवेशनको समारोहमा उनले महसुस गरेका अनुभूतिहरुलाई भावुक कवितामार्फत व्यक्त गरेका छन्। उनले पार्टी फुट्दाको दुःखदेखि पुनर्मिलनको आशासम्मलाई कवितामा पोखेका छन्।

यस्तो छ रावलको कविता :
लय एकै बनाउने कि!
गोदावरी वरपर उत्सव यतै आए जस्तो
उत्सव ठूलै भएपनि आवहवा कस्तो कस्तो,
रातै रंग जताततै विजयको भाव जस्तो
धुम्मिएको आकाशमा पर-पर बादल खस्दो!

खुशी छन् कि मनहरू दुःखेका छन् कहीं कतै
तरंग अन्यत्र छ कि ध्यान सबको केन्द्रित यतै?
भरिभराउ कक्षभित्र केही खाली लाग्छ किन
मर्ने बाँच्ने सँगै भन्ने फर्किन्छन कि कतै दिन!

बनस्पति बगैचामा फूल मन्द किन होलान
घर फुट्दा परिवारजन के साँच्ची नै खुशी मान्लानरु
होस गर जहाजी हो ज्वारहरू आउलान्
कतै गन्तव्यमा पुग्नै नपाइ बिराइएला बाटो यतै!

सम्झनाका तरेलीमा जिउदै नै छ विगत पनि
मनमस्तिष्क नापि रहेछ जेलिएको आगत अनि,
आफ्नो वास बलियो बनाइ लय एकै बनाउने कि
निस्वार्थ देशका सेवक पंक्तिलाई भनाउने कि!

प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रवार