वि.सं. २०८१ कार्तिक १७ गते शनिवार तदनुसार ई. सं. २०२४ नोभेम्बर ०२ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४५, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४६, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०७ बजे र सूर्यास्त : साँझ ०५:११ बजे, चन्द्रोदय : बिहान ०६:३८ बजे र चन्द्रास्त : साँझ ०५:२० बजे,
काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:१६ बजे र सूर्यास्त : साँझ ०५:१७ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२३ बजे र सूर्यास्त : साँझ ०५:२२ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:३८ बजे र सूर्यास्त : साँझ ०५:३६ बजे, कार्तिक शुक्लपक्ष (कछलाथ्व) प्रतिपदा÷परेवा तिथि, बेलुका ०७:०२ बजेसम्म, त्यसपछि द्वितीया तिथि, विशाखा नक्षत्र, भोलि बिहान ०५:४३ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, चन्द्रमा तुला राशिमा, मध्यरात्रीपूर्व ११:१२ बजेसम्म, त्यसपछि बृश्चिक राशिमा, आयुष्मान् योग, दिउँसो १२:१७ बजेसम्म, त्यसपछि सौभाग्य योग , सुरुमा बब करण बेलुका ०७:०२ बजेसम्म, त्यसपछि बालब करण भोलि बिहान ०७:४९ बजेसम्म, अन्तिममा कौलव करण, आनन्दादि योग : शुभ, चन्द्रवर्ण : सेतो (मध्यरात्रीपूर्व ११:१२ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : पश्चिम (मध्यरात्रीपूर्व ११:१२ बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : पूर्व (बेलुका ०७:०२ बजेसम्म), त्यसपछि उत्तर, वारशूल : पूर्व, वाणपञ्चकमध्ये रोग वाण : बेलुका १०:१२ बजेपछि, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम, आज : गाई तिहार (गोपूजा), ने.सं. ११४५ प्रारम्भ (नेवारी नयाँवर्ष), गोबर्द्धन पूजा, म्ह पूजा, गोरु पूजा, हलितिहार, अन्नकूट उत्सव, बलि प्रतिपदा (बलि पूजा), त्रिपुष्कर योग साँझ ०७:०१ बजेदेखि मध्यरात्रीपछि ०५:४२ बजेसम्म
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १८ गते : चन्द्रोदय (चन्द्रदर्शन), यमद्वितीया, भाइटीका, भैया दूज, किजापूजा, चित्रगुप्त जयन्ती, मसीदानीको पूजा (दवात पूजा), यमपञ्चक समाप्ति १९ गते : मुहूर्त : अन्नप्राशन (पास्नी), २० गते : मङ्गल चतुर्थी व्रत (मङ्गलवारको नयाँ व्रत थाल्न उपयुक्त दिन), सूर्यषष्ठी (छठ) व्रतारम्भ, छठ पर्वअन्तर्गत पहिलो दिन नहायखाए, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि)
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यवसायबाट सामान्य आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ। भौतिक साधन जुट्नेछन्। बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ। आवेशमा संयमित हुनुहोला, मुद्दा–मामिलामा विजयी भइनेछ। व्यवसायमा मनग्य फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीसँग सम्झौता हुन सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। बलजफ्तीले केही चुनौती पनि निम्त्याउन सक्छ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। घरेलु काममा अलमल बढ्न सक्छ। समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ। आर्थिक क्रियाकलापमा कमै फाइदा हुनेछ। प्रयत्न गर्दा पछिका लागि काम बन्न सक्छ। साइनो गाँस्नेहरूबाट व्यवहारमा सतर्क रहनुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
हिम्मतले काम बनाउन सकिनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरू जुट्नेछन् भने पहिले दुश्मनी गर्नेहरू पनि मित्र बन्नेछन्।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ। परिबन्धले काममा बाधा पुर्याउन सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला। समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले पनि आँटेका काममा बाधा पुर्याउनेछ। आयस्रोत कमजोर रहने समय छ।
तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन्। शुभचिन्तककाे साथ–सहयाेगले काम गर्न सकिनेछ। परिस्थिति अलि संघर्षपूर्ण रहन सक्छ। अरूका काममा धेरै समय अलमलिनुपर्ला। अरूको विश्वास गर्ने बानीले समस्या निम्त्याउला। आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्नेछन्। श्रम परे पनि केही प्रतिफल प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला पनि जगाउनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बेलैमा समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि थोरै प्रतिफल प्राप्त हुनेछ। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पछिका लागि राम्रो सम्भावना देखिए पनि तत्काल सोचेको फाइदा नहुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। आयस्राेत कमजोर बन्नाले काममा अग्रसर बन्न नसकिएला। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा नयाँ कामतर्फ अग्रसर भइनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पुरुषार्थी काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला। श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुने देखिन्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
समयमै गम्भीर नबन्दा नचिताएको समस्या देखिन सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। हुलमुलमा धनमाल गुम्न सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। फाइदाका पछि लाग्दा आत्मीय सम्बन्ध बिग्रन सक्छ। स्वास्थ्य उपचारमा पनि खर्च हुने समय छ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )