• २०८१ कार्तिक ३० गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८१ कार्तिक १० गते शनिवार, श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८१ कार्तिक १० गते शनिवार तदनुसार ई. सं. २०२४ अक्टोबर २६ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४४, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४६, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०२ बजे र सूर्यास्त : साँझ ०५:१६ बजे, चन्द्रास्त : दिउँसो १२:५३ बजे र चन्द्रोदय : मध्यरात्रीपछि १२:४४ बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:११ बजे र सूर्यास्त : साँझ ०५:२३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१८ बजे र सूर्यास्त : साँझ ०५:२८ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:३३ बजे र सूर्यास्त : साँझ ०५:४२ बजे, कार्तिक कृष्णपक्ष (कौलागा) नवमी तिथि, बिहान ०६:३८ बजेसम्म, त्यसपछि दशमी तिथि, अश्लेषा नक्षत्र, दिउँसो ०१:४१ बजेसम्म, त्यसपछि मघा नक्षत्र, चन्द्रमा कर्कट राशिमा, दिउँसो ०१:४१ बजेसम्म, त्यसपछि सिंह राशिमा, शुभ योग, बिहान १०:११ बजेसम्म, त्यसपछि शुक्ल योग, सुरुमा गर करण बिहान ०६:३८ बजेसम्म, त्यसपछि वणिज करण बेलुका ०७:१० बजेसम्म, अन्तिममा विष्टि÷भद्रा करण, (भद्राको वास : पृथ्वीतल÷भूमिलोक), आनन्दादि योग : मानस, चन्द्रवर्ण : सेतो (दिउँसो ०१:४१ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : उत्तर (दिउँसो ०१:४१ बजेसम्म), त्यसपछि पूर्व, योगिनीदिशा : पूर्व (बिहान ०६:३८ बजेसम्म), त्यसपछि उत्तर, वारशूल : पूर्व, वाणपञ्चकमध्ये मृत्यु वाण : बेलुका १०:३५ बजेपछि, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम, आज : मुहूर्त : अग्निवास (यज्ञ र हवनादि),

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–११ गते : मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), धान्यच्छेदन (मुठी लिने), १२ गते : श्री रमा एकादशी व्रत, गोवत्स द्वादशी, मुहूर्त : शिववास (रुद्रीपूजा÷रुद्राभिषेक), १३ गते : श्री भौम प्रदोष व्रत (ऋणरोगशमनका निमित्त), धनत्रयोदशी (धनतेरस पर्व), त्रिपुष्कर योग दिनको ११:०१ बजेसम्म, अन्तर्राष्ट्रिय इन्टरनेट दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा÷रुद्राभिषेक)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। घर–परिवारमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला। समस्या दर्साउँदा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्न सक्छ। मध्याह्नदेखि स्वास्थ्यमा कमजोरी देखापर्नाले सुनिश्चित काम समेत अन्योलपूर्ण बन्न सक्छ। नयाँ योजना थाल्न केही समय प्रतीक्षा गर्नुहोला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। मध्याह्नदेखि भने आफन्तहरू टाढिन सक्छन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि बुद्धि खर्चनुपर्ला। भूमि तथा पशुधनबाट लाभ उठाउन सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
समयमा होस नपुग्नाले काममा फजुल खर्च हुन सक्छ। किनमेलमा पनि अधिक खर्च हुने समय छ। सुरुमा शुभचिन्तकहरूलाई बेवास्ता गर्दा पछि दु:ख पाइएला। मध्याह्नदेखि केही काम बन्नेछन्। तर प्रतीक्षा गरिएको नतिजा अलि कमजोर आउन सक्छ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। पेसा–व्यवसायमा केही मन्दी आउनेछ। लक्ष्यमा पुग्न पनि अलि मुस्किलै पर्ने देखिन्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
श्रम परे पनि राम्रै अवसर पाइनेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। अतिथिकाे आगमनले दिन रमाइलाे रहनेछ। पेसागत काममा त्यति समय दिन नसकिएला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। मिहिनेतले पछि लाभ हुने काम गर्न सकिनेछ। तर, तत्काल ठूलाे उपलब्धि नहुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। मध्याह्नपछि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मिहिनेत गर्दा आयस्रोत फेला पर्नेछन्। नयाँ तथा नियमित काम सम्पादन गर्न सकिनेछ। व्यापार बढ्नेछ भने आम्दानी पनि मनग्य हुनेछ। तर मध्याह्नपछि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। ईर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च पनि बढाउनेछ। आलस्य गर्दा आँटेको काम बीचैमा रोकिन सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नपछि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। घर–परिवारमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका कारण चिताएको काम रोकिन सक्छ। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। मध्याह्नपछि केही जिम्मेवारी प्राप्त हुन सक्छ। रोकिएकाे काम बन्न थाल्नेछ। नयाँ काम पनि प्रारम्भ हुनेछ। आजको मिहिनेतले भविष्यमा उपलब्धि दिलाउनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
व्यवसायको सन्दर्भमा यात्राको अवसर जुट्नेछ। तर परिस्थिति अनुकूल रहे पनि भौतिक असुविधाले दुःख पाइनेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। काममा परिवारजनको साथ जुट्नेछ। मध्याह्नदेखि स्वास्थ्य कमजोर रहननेछ। काम गर्न समय लाग्नेछ। तापनि सम्भावना खोजी गर्ने समय छ। पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहाेला, लाभ उठाउन सकिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। मध्याह्नदेखि विवादमा परिने र काम राेकिने सम्भावना छ। प्रतीक्षा गरिएको नतिजा अलि कमजोर आउन सक्छ। सहयोगीहरूले साथ दिनेछन् र व्यवसायमा सामान्य फाइदा पनि हुनेछ। सोचेको लाभ भने नहुन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतीक्षा गरिएको नतिजा अलि कमजोर आउला। सहयोगीहरू पछि हट्नेछन् र व्यवसायमा कम मात्र फाइदा हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मध्याह्नपछि खर्च बढ्ने समय छ। आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। प्रतिस्पर्धीबाट जाेगिएर काम लिनुपर्ला। प्रयत्न गर्दा केही अवसर पनि प्राप्त हुनेछन्।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०८१ कार्तिक १० गते शनिवार