• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८१ आश्विन २८ गते सोमवार, श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८१ आश्विन २८ गते सोमवार तदनुसार ई. सं. २०२४ अक्टोबर १४ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४४, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४६, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५५ बजे र सूर्यास्त : साँझ ०५:२७ बजे, चन्द्रोदय : दिउँसो ०२:३७ बजे र चन्द्रास्त : मध्यरात्रीपछि ०२:४३ बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०४ बजे र सूर्यास्त : साँझ ०५:३४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१० बजे र सूर्यास्त : साँझ ०५:४० बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:२५ बजे र सूर्यास्त : साँझ ०५:५४ बजे, आश्विन शुक्ल (दुर्गा) पक्ष (कौलाथ्व) द्वादशी तिथि, मध्यरात्रीपछि १२:२६ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, शतभिषा नक्षत्र, बेलुका १०:३३ बजेसम्म, त्यसपछि पूर्वाभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त), गण्ड योग, साँझ ०४:४२ बजेसम्म, त्यसपछि बृद्धि योग, सुरुमा बब करण दिउँसो ०१:३२ बजेसम्म, त्यसपछि बालब करण मध्यरात्रीपछि १२:२६ बजेसम्म, अन्तिममा कौलव करण, आनन्दादि योग : अमृत, चन्द्रवणर् : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : नैऋत्य, वारशूल : पूर्व, धनिष्ठा पञ्चक/सरुन परेको दिन, वाणपञ्चकमध्ये मृत्यु वाण : बेलुका ०९:३९ बजेपछि, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय, आज : पण्डित सोमनाथ सिग्द्याल जयन्ती, आजको मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-

२९ गते : श्री भौम प्रदोष व्रत (ऋणरोगशमनका निमित्त), खाँची सराय पर्व, साहित्यकार लैनसिंह वाङ्गदेल स्मृति दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), ३० गते : जमरा सेलाउने दिन, कोजाग्रत व्रत, शरद् पूणर्िमा, पीयुषवर्षिणी (अमृत वर्षा हुने) पूणर्िमा, महर्षि वाल्मीकि जयन्ती, रात्रीकालमा महालक्ष्मी, इन्द्र र कुबेरको पूजा गर्ने दिन, महारास पूणर्िमा, अखिलबलि पूर्ति, सिघया, आश्विन मसान्त, विश्व खाद्य दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), ०१ गते : कार्तिक सङ्क्रान्ति, श्री पूणर्िमा व्रत, कार्तिक स्नान प्रारम्भ, कार्तिक व्रत प्रारम्भ, आकाशदीपदान प्रारम्भ, अर्घा सराय पर्व, योसिमतवियगु, कत्ति पुह्नि, गरिबी उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस, मुहूर्त : पसल थाप्ने (दोकान खोल्ने)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइने समय छ। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। व्यापार तथा पेसा–व्यवसायमा मनग्य धन आर्जन गर्न पनि सकिनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्वमा पुग्न सकिनेछ। पेसा–व्यवसायमा पनि राम्रै फाइदा उठाउने समय छ। समाजमा प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ, कर्तव्यपरायण रहनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
मेहनत गर्दा भाग्योन्नतिको समय छ। समुदायको हितमा केही काम गर्न सकिनेछ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। शक्तिको धाक देखाउनेहरू स्वत: निहुरिनेछन्। तारिफयोग्य काम गर्दै पदीय जिम्मेवारी प्राप्त गर्न सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्य प्रतिकूल रहने सम्भावना छ, आहारविहारमा ध्यान पुर्याउनुहोला। सानातिना काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य केही कमजाेर बन्ने समय छ। नियमित कामबाट केही फाइदा हुनेछ। कामकाे चाप भने बढ्न सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। साथीभाइकाे सहयोग र उपहारसमेत पाइनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुने सम्भावना छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने बलियाे सम्भावना छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
साहसी काम गरेर लाभ लिन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। चिताएको काम बन्नाले मनग्य धनलाभ हुनेछ। रोकिएको काम बन्न थाल्नेछन्। प्रयत्न दोहोर्याउँदा लक्ष्यप्राप्ति हुनेछ, मिहिनेत गर्नुहाेला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
विद्यार्थीहरूमा अध्ययनकाे नतिजाले उत्साह जगाउनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि प्रतिफल हातलागी हुन केही समय लाग्नेछ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरपर्दा काम बिग्रन सक्छ। मान्यजनको सहयोगले तत्कालकाे अन्योल भने समाप्त हुनेछ। काम राेकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। परिस्थिति अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुहाेला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नयाँ काम प्रारम्भ गर्ने उपयुक्त समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुहाेला, मनग्य फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। बोलीको समेत गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ। परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ। विवाद नगर्नुहाेला। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। मौका आए पनि दोहोर्याएर काम गर्नुपर्ला। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। पेटको समस्याले सताउन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिवश आँटेको काम गर्न बाधा पर्ने देखिन्छ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ अवश्य दिलाउनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०८१ असोज २८ गते सोमवार