• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८१ आश्विन १५ गते मङ्गलवार, श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८१ आश्विन १५ गते मङ्गलवार तदनुसार ई. सं. २०२४ अक्टोबर ०१ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४४, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४६, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४८ बजे र सूर्यास्त : साँझ ०५:४१ बजे, चन्द्रास्त : साँझ ०४:३३ बजे र चन्द्रोदय : भोलि बिहान ०४:१८ बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५६ बजे र सूर्यास्त : साँझ ०५:४८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०२ बजे र सूर्यास्त : साँझ ०५:५४ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:१७ बजे र सूर्यास्त : साँझ ०६:०९ बजे, आश्विन कृष्ण (पितृ) पक्ष (ञलागा) चतुर्दशी तिथि, बेलुका ०९:०२ बजेसम्म, त्यसपछि अमावस्या तिथि, पूर्वाफाल्गुनी नक्षत्र, बिहान १०:१२ बजेसम्म, त्यसपछि उत्तराफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा, साँझ ०४:५० बजेसम्म, त्यसपछि कन्या राशिमा, शुक्ल योग, भोलि बिहान ०३:५७ बजेसम्म, त्यसपछि ब्रह्म योग , सुरुमा विष्टि/भद्रा करण बिहान ०८:०३ बजेसम्म, त्यसपछि शकुनि करण बेलुका ०९:०२ बजेसम्म, अन्तिममा चतुष्पाद करण, (भद्राको वास : पृथ्वीतल/भूमिलोक), आनन्दादि योग : धूम्र, चन्द्रवणर् : रातो (साँझ ०४:५० बजेसम्म), त्यसपछि कालो, चन्द्रदिशा : पूर्व (साँझ ०४:५० बजेसम्म), त्यसपछि दक्षिण, योगिनीदिशा : पश्चिम (बेलुका ०९:०२ बजेसम्म), त्यसपछि ईशान, वारशूल : उत्तर, वाणपञ्चकमध्ये चोर वाण : साँझ ०६:११ बजेपछि, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, आज : सोह्र श्राद्धअन्तर्गत चतुर्दशी श्राद्ध (शस्त्रादिबाट अकालमा मरेकाहरूको श्राद्ध), प्राणनाथजीको जन्मोत्सव (कृष्णप्रणामी), नलास्वन चह्रे पूजा, अन्तर्राष्ट्रिय सङ्गीत दिवस,

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- १६ गते : सर्वपितृ अमावस्या, सोह्र श्राद्धअन्तर्गत अमावस्या श्राद्ध, दर्श श्राद्ध, तिथि थाहा नभएकाहरूको सोह्रश्राद्ध, हलो तथा निशि बार्ने दिन, पितृ विसर्जन (सोह्रश्राद्धको समापन), महाविष्णुको प्रियताका निमित्त ब्राह्मण भोजन गराउने दिन, विश्व अहिंसा दिवस, गान्धी जयन्ती, पाल्तु जनावरको अन्तर्राष्ट्रिय दिवस, १७ गते : शारदीय नवरात्र (बडादशैं) प्रारम्भ, घटस्थापना, जमरा राख्ने दिन, नवरात्रअन्तर्गत श्री शैलपुत्री भगवतीको भक्ति आराधना गर्ने दिन, मातामह श्राद्ध, नलास्वन, राष्ट्रिय अभिलेखालय दिवस, विश्व संयमता दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), १८ गते : नवरात्रअन्तर्गत श्री ब्रह्मचारिणी भगवतीको आराधना, चन्द्रोदय (चन्द्रदर्शन), विश्व पशु दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी), धान्यच्छेदन (मुठी लिने), पसल थाप्ने (दोकान खोल्ने)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सभा समारोहमा सरिक भइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार सुन्न पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज यात्राको योजना बन्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धार्मिक तीर्थस्थलको यात्रा हुनेछ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सुन्दर शेयर बजारबाट पनि लाभ मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको साथ र सहयोग पाइनेछ । धार्मिक यात्राको योग पनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कार्य सम्पादनमा सहजता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यात्रामा बाधा आउनेछ । सरकारी निकायको भय रहला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज कष्टकर यात्रा गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । मुद्दा मामिला आइलाग्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आत्मिक सन्तुष्टि मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेमीको सहयोग मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम अन्तिममा बिग्रिने र झमेला आउन सक्छ । आर्थिक समस्या पनि खेप्नु पर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
राज्यबाट मान सम्मान पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०८१ असोज १५ गते मङ्गलवार