• २०८१ मङ्सिर १ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० ज्येष्ठ १९ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० ज्येष्ठ १९ गते शुक्रवार तदनुसार ई. सं. २०२३ जुन ०२ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०५ बजे र सूर्यास्त : साँझ ०६:४४ बजे, चन्द्रोदय : साँझ ०४:४९ बजे र चन्द्रास्त : भोलि बिहान ०३:३३ बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०६:५४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:२९ बजे र सूर्यास्त : साँझ ०७:१७ बजे, ज्येष्ठ शुक्लपक्ष (तछलाथ्व) त्रयोदशी तिथि, दिउँसो ११:१७ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, स्वाती नक्षत्र, बिहान ०५:४८ बजेसम्म, त्यसपछि विशाखा नक्षत्र, चन्द्रमा तुला राशिमा, मध्यरात्रीपूर्व ११:४६ बजेसम्म, त्यसपछि बृश्चिक राशिमा, परिघ योग, साँझ ०४:४२ बजेसम्म, त्यसपछि शिव योग, सुरुमा तैतिल करण दिउँसो ११:१७ बजेसम्म, त्यसपछि गर करण बेलुका १०:५३ बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : गद, चन्द्रवणर् : सेतो (मध्यरात्रीपूर्व ११:४६ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : पश्चिम (मध्यरात्रीपूर्व ११:४६ बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : दक्षिण (दिउँसो ११:१७ बजेसम्म)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई प्रयास गर्दा राम्रो हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ कार्यको थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । आफन्त र सहयोगीहरूको राम्रो साथ र सहयोग प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक चिन्तन बढ्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सुखद् यात्राको योग छ । राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) गरेको कार्यबाट सफलता मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विद्यामा अरु भन्दा पछि परिने देखिन्छ । समयमा काम नबन्न सक्छ, तर मन मिल्ने साथीको साथ, सहयोग र हौसलाले मन शान्ति हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शेयर बजारको क्षेत्रमा पनि सफल रहने योग छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट पनि लाभ हुने छैन ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभकार्यको चर्चा चल्नेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । प्रेम जीवन सबल र सफल रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । सफल र उत्साहजनक यात्रा यात्रा हुनेछ र पुनर्मिलन हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० जेष्ठ १९ गते शुक्रवार