• २०८१ मङ्सिर २ गते आइतवार
  • Preeti To Unicode

लुटेरालाई छुटाउन अर्को लुटपाट !


काठमाडौंचाबहिलको सरस्वती नगरमा ५४ वर्षीय महिलालाई बाँधेर लुटपाट गरिएको घटनामा संलग्न चार जना पक्राउ परेकाछन्।उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वर र प्रहरी वृत्त, गौशालाको संयुक्त टोलीले घटनामा संलग्न जोरपाटीका भूपाल श्रेष्ठ, सिन्धुपाल्चोकका कल्याणकुमार सुवेदी, कविर कुँवर र उत्तम तामाङलाई पक्राउ गरेको हो।गौशालाका

प्रहरीका डीएसपी केशव भट्टराईले उनहिरुलाई उपत्यकाका विभिन्न ठाउँबाट खोजतलास गरेर पक्राउ गरिएको अनलाइनखबरलाई बताए । उनका अनुसार घटना गत आइतबारको हो । सुनभागा टोल नजिक बस्ने ती महिलालाई उनीहरूको समूहले कुटपिट गरेर लगाएको सुरुवालसमेत खोलेर त्यसैले बाँधेर लुटपाट गरेको थियो ।

उनका साथबाट कानको बाला, सुनको सिक्री, घडी, मोबाइल र नगदसमेत लुटिएको थियो । घटनापछि उनले प्रहरी कहाँ जाहेरी दिएकी थिइन् । त्यसक्रममा चोरीको सामान खरिद गर्ने व्यक्ति पनि पक्राउ परेका छन् ।पक्राउ गरेपछि बयान दिँदै घटनाका मुख्य योजनाकार तामाङले आफ्नो ज्वाइँसहित तीनजनाको टोली बौद्धमा पक्राउ परेकाले उनीहरूलाई छुटाउन लुटपाट गरेको बयान दिएका छन् ।

अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘ज्वाइँको टोली पनि लुटपाटमै संलग्न रहेछ, उनीहरूलाई अदालती प्रक्रिया र हिरासतमा रहँदा खानपिनका लागि पैसा जोहो गर्नुपर्ने भएकाले लुटेको बयान दिएका छन् ।’

उनका ज्वाइँ र उनीहरू सबैविरूद्ध प्रहरी अहिले अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइरहेको छ । थप अनुसन्धान भइरहेको डीएसपी भट्टराईले बताए ।

प्रकाशित मिति : २०७९ साउन १४ गते शनिवार