• २०८१ मङ्सिर ३ गते सोमवार
  • Preeti To Unicode

प्रेमराजा महत माथि गित चोरीको आरोप, रेखा शाहले दिइन् म्युजिक नेपालमा उजुरी


काठमाडौं । चर्चित गीत ‘सिमसिमे पानी’को आधारिकता विवाद पुनः ब्युँतिएकोछ।गायिका रेखा शाहले गीतको प्रतिलिपि अधिकार आफूमाथि भएको दाबी गर्दै म्युजिक नेपालमा निवेदन दिएकी छन् ।उनले निवेदनमा गायक प्रेमराजा महतमा गीतको अधिकार नभएको र मौलिक सर्जक आफू भएको उल्लेख गरेकी छन् । गायक तथा सरकारका महावाणिज्यदूत

समेत रहेका महतले एकलौटी रुपमा गीतको अतिक्रमण गरेको आरोप पनि उनले लगाएकी छन् ।आइतबार फेसबुक लाइभमा आउँदै शाहले कसरी उक्त गीत आफ्नो सिर्जना थियो भन्नेबारेमा यसरी बताएकी छन् :गाउँबाट काठमाडौंमा आएर रेडियो नेपालमा गाएको पहिलो गीत नै त्यही हो । त्यही गीत गाएर प्रतियोगितामा प्रथम भएकी थिएँ ।सायद गीतको पनि आफ्नो भाग्य हुन्छ । मैले रेडियो नेपालमा त्यो गीत गाएँ । प्रतियोगितामा एक्लै गीत गाएकी हुँ । आफ्नै लय र शब्द संकलनमा यो गीत गाएकी हुँ । सिंगल रेकर्ड गराएकी थिएँ ।त्यहीबेलामा प्रेमराजा महतलाई टेलिभिजनमा देखेकी थिएँ । उहाँ रेडियो नेपालमै कार्यरत हुनुहुन्थ्यो । उहाँले डुएट गरौं भनेर आग्रह गर्नुभयो । मैले अभिभावकसँग सल्लाह गर्छु भनें ।

मैले बुवालाई गएर सोध्दा उहाँले यो तिम्रो लाइफको अचिभमेन्ट हो भन्नुभयो । कुनै सिनियरले गाऊँ भन्छ भने त्यो पनि तिम्रो सफलता हो । उहाँले गाऊ भनेर अनुमति दिनुभयो ।बुवाले हुन्छ भनेपछि डुएट रेकर्ड गरौं भनें । त्यतिबेला म्युजिक नेपाल मात्र एउटा कम्पनी थियो जसले लगानी गरेर कलाकारको गीतलाई श्रोतासमक्ष पुर्‍याउने काम गथ्र्यो ।सिमसिमे पानीमा चाहिं मलाई म्युजिक नेपालले इन्भेस्ट गरिदिएको हो । वाद्यवादन र रेकर्डमा उहाँकै लगानी छ । म्युजिक नेपालमा पनि उहाँले डुएट गरौं भन्नुभयो । महतले भ्वाइलिन म राख्छु भनेर भन्नुभयो । तर मलाई वाद्यवादन के राख्दा राम्रो हुन्छ भन्ने थाहा थिएन ।

उहाँले भ्वाइलिनमा पाँच हजार रुपैयाँ एक्स्ट्रा खर्च गर्नुभयो । उहाँले दुई जनाको नाममा गरौं एल्बम भन्नुभयो । नैतिक रुपमा उहाँले लगानी गरेपछि मैले हुन्छ भनें । दुई जनाको नाममा एल्बम निस्किने विषयमा पनि सहमत गरें ।जब एल्बम बजारमा आयो, त्यो एल्बम प्रेमराजा महतको नाममा मात्र थियो । सहमति के रैछ भने, म्युजिक नेपाल र प्रेमराजा महतबीच मात्र कपिराइट रैछ । त्यो थाहा पाएपछि म सक्ड भएँ ।

उहाँले आफ्ना आमाबुवामाथि क्यासेट समर्पित गर्नुभएको रैछ । ममाथि न्याय भएन भनेर मलाई त्यतिबेलै महसुस भएको हो । संगीतमा सिनियरबाट संस्कार हुन्छ भन्ने सुनेको थिएँ ।असार ४ गते मैले लिखित रुपमा म्युजिक नेपालसँग निवेदन दिएकी छु । दर्ता नम्बर छ २५९ । निवेदन लेखेर गीतको सबै किसिमको हिस्ट्री मलाई चाहियो भनेर मागेकी छु । त्यो एल्बम आजसम्म जति बिक्यो, मैले एक सुको पनि पाएकी छैन ।

सर्जक, स्रष्टा भएको हैसियतले मैले त्यो जान्न जरुरी छ । कपिराइट ममा रहने गरी मैले निवेदन दिएकी छु । यो कुरा उहाँहरुले मान्नुपर्छ । २०५९ सालमा प्रतिलिपि अधिकार कानुन बनेपछि मैले यो लडाईं लडेकी हुँ ।ज-जसलाई सिमसिमे पानीमा रेखा शाहको हो भन्ने थाहा थिएन, उहाँहरुले बुझ्नु जरुरी छ । इतिहास बोकेको कुरामा सबैले जान्नुपर्छ भन्ने मलाई लाग्छ ।

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमवार