• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

सीसीटीभी फुटेज रिकभर गर्न प्रहरीको फरेन्सिक ल्याबमा पठाइने


काठमाडौं संसदीय विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर गर्न नेपाल प्रहरी अन्तर्गतको फरेन्सिक ल्याबमा पठाउने भएको छ। बजेट निर्माण मा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपमाथि छानबिन गर्न बनेको विशेष समितिले जेठ १४ गते मध्यान्ह १२ बजेदेखि १५ गते मध्यान्ह १२ बजेसम्मको सीसीटीभी

फुटेज उपलब्ध गराउन आग्रह गरेको थियो ।तर अर्थ मन्त्रालयले सीसीटीभीको हार्डडिक्स नै पठायो, जसमा असारको मात्र फुटेज भेटिएको छ । १३ दिनको मात्र फुटेज रहने र अरु क्रमशः मेटिँदै जाने अर्थ मन्त्रालयले छानबिन समितिलाई जानकारी गराएको छ । समितिले भने यसरी मेटिएको फुटेज कसरी रिकभर गर्ने भनेर प्रहरीको साइबर ब्यूरो र इन्जिनियरिङ अध्ययन संस्थानका विज्ञसँग सुझाव लिएको थियो ।विज्ञहरुले डिलिट भएको सीसीटीभी फुटेज रिकभर हार्डडिक्सको अवस्थामा भरपर्ने भन्दै प्रहरीको फरेन्सिक ल्याबमा पठाउन सुझाव दिएका थिए । समितिको मंगलबार बसेको बैठकले अर्थ मन्त्रालयको समग्र सीसीटीभी सिस्टमलाई फुटेज रिकभर गर्नको लागि प्रक्रिया पुर्‍याएर प्रहरीको फरेन्सिक ल्याबमा पठाउन निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

वाम एकताका लागि पहल गर्ने एकीकृत समाजवादीको निर्णय
नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई कायम राख्दै वाम एकताका निम्ति पहल गर्ने निर्णय गरेको छ ।

अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा मंगलबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।त्यस्तै बैठकले संगठन सुदृढिकरण अभियान चलाउने, समाजवादबारे अवधारणा तयार गर्ने र वर्तमान आर्थिक समस्याबारे प्रस्ताव तयार पार्ने निर्णय समेत गरेको महासचिव बेदुराम भूसालले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ साउन ३ गते मङ्गलवार