काठमाडौँं ।जोर्डन पुगेकी एक नेपाली चेलीले त्यहीको एक घरमा घरेलु कामदारको रुपमा काम गरिरहेकी छन् । घर मालिकले चाहिँ ती चेलीमाथि अत्याचार गरिरहेका छन्।लमजुङ घर भएकी राममाया बिकको अवस्था दयनीय र कारुणिक छ । राममायाले पठाएको भिडियो फुटेजले नै उनको अहिलेको दुरावस्था प्रष्ट पार्छ । राम मायाको याचना छ– जसरी
भएपनि नेपाल फर्किन पाउँ ।लमजुङकी राममाया ९ महिनाअघि रोजगारीका लागि जोर्डन पुगिन् । उनले अहिले घरमालिकको यातनामा परेको गुनासो गरिरहेका छन् ।न्यूज २४ टेलिभिजनको २४ हेल्प डेस्कमा राममायाले भाइवर मार्फत पठाएको १ मिनेट ३२ सेकेण्डको भिडियोमा उनले रोएरै आफूले भोगेको पीडा पोखेकी छन् । घरेलु कामका लागि जोर्डन पुगेकी राममायाले घरमालिकले कुटेर काममा लगाउँने गरेको गुनासो गरेकी छन् । विगत ९ महिनादेखि कुटपिटमा परेको भन्दै उद्दारका लागि गुहार मागेकी छन् ।
राममायालाई काठमाडौँको सिनामंगलमा रहेको भैरव इन्टरनेशनल म्यानपावर कम्पनीले जोर्डन पठाएको थियो । अहिले म्यानपावर कम्पनीले पनि वेवास्ता गरेको उनको गुनासो छ ।