• २०८१ मङ्सिर ३ गते सोमवार
  • Preeti To Unicode

झलनाथको आक्रोश : काँग्रेस र माओवादीले भोटर मात्रै बनाए


नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादीले आफूहरूलाई भोटर मात्रै बनाएको टिप्पणी गरेका छन्। रातोपाटीसँगको कुराकानीमा खनालले आफूहरूले काँग्रेस र माओवादीलाई मत हाले पनि उनीहरुले एकीकृत समाजवादीलाई मत नै नहालेको बताएका छन्।

‘अधिकांश स्थानीय तहमा काँग्रेसले कतै एमाले कतै माओवादीसँग तालमेल गरेको पाइयो। माओवादीले कतै एमाले कतै काँग्रेससँग तालमेल गरेको पाइयो’ रातोपाटीसँग कुरा गर्दै खनालले भने, ‘हामीले धेरै ठाउँमा उम्मेदवारै उठाउन पाएनौँ । धेरै ठाउँमा काँग्रेस माओवादीका मात्रै भए। ती ठाउँमा हामी विवश भएर उनीहरूलाई मत हाल्नु पर्‍यो। हामीलाई नितान्त भोटर बनाइयो।’ चुनावमा काँग्रेस र माओवादीबीच मोर्चाबन्दी जस्तै देखिएको बताउँदै खनालले गठबन्धनको खासै अर्थ नदेखिएको बताए।

‘काँग्रेस र माओवादी केन्द्रबीच मोर्चा जस्तै देखियो। गठबन्धनको खासै अर्थ देखिएन। गठबन्धनका अन्य पार्टी किन काँग्रेस कि माओवादीको भोटर मात्रै भयौँ।’ खनालले भने, ‘स्थानीय निर्वाचनमा वास्तवमा परिणाम सुखद भएन। यो गठबन्धन भएन। काँग्रेस र माओवादीले सिनस्यािरिटी देखाएनन्।’ स्थानीय चुनावको परिणाम सकिए लगतै पार्टी बैठक बसेर समीक्षा गरी निष्कर्ष निकालिने खनालले बताए।

प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते बुधवार