• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

श्रीलंकाका अर्थमन्त्री भागे, यो सरकारको अर्थमन्त्री पनि भाग्ने त होइन : सुरेन्द्र पाण्डे


काठमाडौंनेकपा एमालेका नेता सुरेन्द्र पाण्डले देश आर्थिक संकटको निकट रहेको बताएका छन्।सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि एमालेले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा पनि श्रीलंका झैं आर्थिक संकट आउन सक्ने बताएका हुन्।श्रीलंकामा आर्थिक संकट चल्दै गर्दा प्रधानमन्त्री महिन्दा

राजपाक्षेबाहेकका मन्त्रीले राजीनामा दिएका थिए। त्यसपछि नियुक्त भएका अर्थमन्त्रीले दुई दिनमा नै राजीनामा दिएका थिए। त्यही घटनालाई लक्षित गर्दै उनले नेपालमा पनि अर्थमन्त्री जनार्दन शर्मा भाग्नुपर्ने अवस्था आउन सक्ने बताएका हुन्। नियुक्त भएको दुई दिनमा नै पद छाड्ने घोषणा गरेका श्रीलंकाली अर्थमन्त्री अली सब्री फेरि पद सम्हाल्न फर्किसकेका छन्।‘श्रीलंकामा अर्थमन्त्री भागे रे भन्ने सुनिन्छ। कतै यो सरकारको अर्थमन्त्री पनि भाग्ने त होइन?’ उनले प्रश्न गरे।पाण्डेलले संकट आउने अवस्था भए सबैलाई बोलाएर छलफल गर्न जुट्न पर्ने बताए। सरकार आफ्नो जिम्मेवारीबाट भाग्दै हिङेँ देशमा आर्थिक संकट आउने उनको दाबी छ।‘सरकारले त संकट आउन लागेको छ भने हामी सबलाई बोलाएर छलफल गर्ने हो। र, समझदारी कायम गर्नुपर्ने हो। अहिले राजनीतिक भन्दा आर्थिक संकट आउने देखिन्छ,’ उनले भने।

खतराको घण्टी बजिसक्यो, मन्त्री पैसा मागेर हिँडदैछन्’

पूर्व अर्थमन्त्री युवराज खतिवडाले शेरबहादुर देउवा नेतृत्वको सरकारको ध्यान आर्थिक समस्या हल गर्नुभन्दा अन्यत्र रहेको बताएका छन्। सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि नेकपा एमालेले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले चालु आर्थिक खर्चको सीमा नाघ्ने अवस्था रहेको बताएका हुन्।

देशको अर्थतन्त्र नै धरासायी हुने हो कि भन्ने अवस्था सिर्जना भएको भन्दै उनले अर्थमन्त्री जनार्दन शर्मालेले समस्या हल गर्न कुनै काम नगरेको उनले आरोप लगाए।उनले गभर्नर अधिकारीलाई हटाउने निर्णय संवैधानिक नभएको समेत दाबी गरे। राष्ट्र बैंकका गर्भनरका रुपमा समेत काम गरिसकेका खतिवडाले सरकारले राष्ट्र बैंकको स्वायत्तता खोस्न खोजेको आरोप लागे।‘अर्थमन्त्रीले आफ्नो असफलता लुकाउन गर्भनरलाई निलम्बन गरेको भन्ने कुरामा शंका छैन,’ खतिवडाले भने।देश आर्थिक संकटमा फस्ने अवस्थामा रहेको बेला निर्वाचनका लागि भन्दै मन्त्रीहरुले पैसा चाहियो भनेर खुलम खुल्ला मागिरहेको उनको आरोप छ। वर्तमान सरकार आर्थिक संकट आउनबाट रोक्न भन्दा गठबन्धन जोगाउन मात्र केन्द्रित रहेको उनले बताए।

‘सरकार अर्थमा आएको संकटमा पनि आनन्द मानिरहेको छ,’ उनले भने।खतिवडाले नेपाल आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंका हुने त होइन भन्ने कुरा फैलिरहेको भन्दै खतराको घण्टा बजिसकेको बताए।‘अहिले खाद्य वस्तुको र पेट्रोलको मुल्य वृद्धि भएको छ। आम जनतामा हामी श्रीलंका त हुन्नौं भन्ने सुनिन्छ। चालु खाता घाटा चार खर्ब भइसकेको छ। अहिले खतराको घण्टी बजिरहेको छ। अघिल्लो वर्ष भुक्तानी सन्तुलनमा थियो तर अहिले असन्तुलन बढिरहेको छ। बैंकिङ प्रणालीमा अहिले लगानी योग्य रकम छैन। अहिले डिजिटल करेन्सी सरकारका सबै निकायले क्रिप्टो रोक्न काम गर्नु पर्थ्यो। तर काम नहुँदा पैसा हरायो,’ उनले भने।

प्रकाशित मिति : २०७८ चैत्र २७ गते आइतवार