काठमाडौं : चिनियाँ विदेश मन्त्री एवम् स्टेट काउन्सलर वाङ यी आज नेपाल आउँदैछन्। बिहीबार राति अफगानिस्तानबाट भारतको राजधानी नयाँ दिल्ली पुगेका वाङ शुक्रवार काठमाडौं आउने कार्यक्रम छ। वाङ तीन दिने भ्रमणका क्रममा नेपाल आउन लागेका हुन्। विदेश मन्त्री आउँदा काठमाडौंको सवारी अवस्था कस्तो होला भन्ने धेरैलाई चासोको विषय बनेको छ।
शुक्रवार ५ बजेपछि आउने भएकाले खासै सवारीलाई खासै असर नपर्ने देखिएको छ। त्यसो त विदेश मन्त्रीको भ्रमणलाई लिएर औपचारिक रुपमा महानगरिय ट्राफिक प्रहरीलाई जानकारी भएको छैन। तर प्रहरीले जानकारी पाएर सवारीको अवस्था भने मिलाएको छ।
‘आम सर्वासाधरणलाई असर पर्ने गरि सवारी डाइभर्ड नै हुने अवस्था छैन। विदेश मन्त्रीको सवारीले कुनै असर पर्दैन,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जिव दास शर्माले ने।
आज नयाँ दिल्लीमा वाङले भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहार अजित दोभालसँग भेट गर्नेछन्। त्यसपछि उनी काठमाडौं आउनेछन्। वाङ अवतरण हुनु १५ मिनेट अगाडि विमानस्थलमा हुँदै आएको सबै उडान अवतरण स्थगन हुने छ। अवतरणको १५ मिनेटपछि फेरि सेवा सुरु हुनेछ।
तीन दिने नेपाल बसाइका क्रममा वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्। यस्तै, वाङ र नेपाली समकक्षी डा नारायण खड्काबीच चैत १२ गते द्विपक्षीय वार्ता हुनेछ।वाङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने कार्यतालिका रहेको पराष्ट्र मन्त्रालयले जनाएको छ। वाङ चैत १३ गते स्वेदश फर्किने कार्यक्रम रहेको छ।