• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

‘क्रिप्टोकरेन्सी’ कारोबार पुष्टि गर्ने त्यो अनौठो सूचना


काठमाडौं ।राजस्व अनुसन्धान विभागले पाँच साताअघि विदेशी विनिमय अपचलनसम्बन्धी एउटा अनौठो सूचना पायो । सुन्दा नै अनौठो र अचम्मको लाग्ने त्यस सूचनाका
विषयमा अनुसन्धान प्रक्रिया अघि बढाउन राजस्वका अधिकारीहरूले थोरै पनि समय खेर फालेनन् । जब अनुसन्धानका क्रममा नयाँनयाँ तथ्य खुले, राजस्वका अधिकारीहरू नै तीनछक परे।

राजस्वका अधिकारीहरूले पाएको सूचना यस्तो थियो– २५ वर्षका दिनेश खड्का नाम गरेका एक विद्यार्थी नेपाली रुपैयाँलाई डलरमा रूपान्तरण गर्दै विभिन्न ठाउँमा भुक्तानी गर्ने काम गर्छन् ।
राजस्व अनुसन्धान विभागका अधिकृतहरूले पाएको यो सूचना कच्चा खालको थियो । यही कच्चा सूचनाका आधारमा विभागले गरेको अनुसन्धानले भने प्रविधिको सहयोगमा हुने गरेको नयाँ खालको अपराधलाई सतहमा ल्याएको छ । नयाँ खालको अपराध अवैध अमेरिकी डलर अपचलनसँग सम्बन्धित छ । जसअनुसार नेपाली रुपैयाँलाई अमेरिकी डलरमा रूपान्तरण गरेर मोबाइल एपमार्फत अज्ञात ठाउँमा भुक्तानी गर्ने गरिएको थियो । यसलाई नेपालमा अवैध मानिएको छ । यसलाई क्रिप्टोकरेन्सीको कारोबार भनेर पनि भनिन्छ ।

आफूलाई प्राप्त सूचनापछि राजस्वका अधिकारीहरूले छानबिन थालेका २५ वर्षका युवक कैलालीको लम्कीचुवा–१० स्थायी ठेगाना भई हाल काठमाडौं कालोपुल बस्ने दिनेश खड्का हुन् । अनुसन्धानका क्रममा उनलाई उसकी दिदी भगवती खड्का र बाबु नरबहादुर खड्काका साथै दिनेशकी साथी अनिता धितालले सहयोग गरेको खुलासा भएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

फेरि आजपनि ह्वात्तै घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार ६०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार ५००मा कारोबार भएको थियो।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार १०० रहेको छ यसको मूल्य बिहीबार प्रतितोला रु ९३ हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ले घटेर रु एक हजार २६५ कायम भएको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्दछ ।अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९८ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ माघ १४ गते शुक्रवार