• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

सेयर कारोबारीले चन्दा नदिएको झोंकमा प्रचण्डले सेयर बजार ध्वस्त पारिदिए : ओली


काठमाडौँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेयर बजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भनाइप्रति कडा आलोचना गरेका छन् ।एमालेका
नयाँ केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रममा बोल्दै ओलीले लेनिनभन्दा पनि दाहाल जान्ने भएको टिप्पणी गरे ।‘प्रचण्डले बडो क्रान्तिकारी,साम्राज्यवादको विकसित रुप सेयर

बजार भनेछन्, लेनिनलेभन्दा पनि बढ्तै जान्ने भएछन्’ ओलीले भने ‘लेनिनले पुँजीवाद विकसित हुँदा साम्राज्यवाद हुन्छ भनेका थिए, त्योभन्दा माथि गएर साम्राज्यवादको विकसित रुप सेयर बजार भनेर नयाँ थेसिस ठोकिदिए, दुई दिनमै सेयर बजार धराशायी ।’जनताको जीवनस्तरमा कस्तो असर गर्छ भन्ने विषयलाई कुनै मतलव नगरी दाहालले अभिव्यक्ति दिएको उनले बताए । जनताको आर्थिक स्थिति र अर्थतन्त्रबारे दाहाललाई कुनै मतलब नभएको ओलीले आरोप लगाए । सेयर कारोबारीले चन्दा नदिएको झोंकमा बजारलाई ध्वस्त पारिदिन खोजिएको उनको आरोप छ । दाहाललाई लक्षित गर्दै ओलीले भने ‘कुन सेयर कारोबारीले चन्दा दिएन होला अनि, ए चन्दा नदिने ध्वस्त बनाइदिन्छु, नरहे बाँस नबजे बाँसुरी भनेजस्तो ।’यदी आफूहरुले त्यस्तो अभिव्यक्ति दिएको भए सडक तात्ने उनले बताए । ‘हामीले गरेको भए सडक तात्थे, माइतिघरले पुग्दैनथ्यो, सञ्चारमाध्यममा आगो बल्थ्यो । तर अहिले त शान्त छ । कोही बोल्दैन । किनभने अस्थिरता बनाइरहने, खल्बलाइरहने शिलशिला चलिरहेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चन्दा नपाएको रिस पोखेको भनी आरोप लगाएका छन् । केही दिनअघि अध्यक्ष प्रचण्डले शेयर बजारबारे दिएको अभिव्यक्तिलाई लिएर ओलीले यस्तो आरोप लगाएका हुन् ।बुधबार एमालेका ४४ केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यक्रममा बोल्दै उनले बताएका हुन् । लाखौँ लगानीकर्ता भएको नेपाली पुँजी बजारबारे प्रचण्डले हचुवाको भरमा बोलेको ओलीको आरोप थियो । उनले भने, ‘कुन चैँ सेयर कारोबारीले चन्दा दिएन होला र त्यर्सको रिसमा प्रचण्डले गलत बोले ।’ सेयर बजार डुबाउनलाई त्यस्तो बोलेको हुनसक्ने ओलीको भनाइ थियो ।

केही दिन अघि प्रचण्डले पुँजीको लगानी पुजीमै अर्थात् शेयर बजारमै हुनु भनेको साम्राज्यवादको विकसित रुप रहेको भनी विवास्पद अभिव्यक्ति दिएका थिए । उनले त्यसो भनेपछि शेयर बजारमा ठूलो अंकको गिरावट देखिएको थियो ।यसै भनाइबारे अध्यक्ष ओलीले आफूलाई लेनिनभन्दा दुई कदमअघि देखाउन खोज्दै प्रचन्डले सेयर बजारलाई साम्राज्यवादीको विकसित रुप भनेको आरोप लगाएका हुन् । ‘लेनिनले भनेका थिए– पुँजीवाद विकसित भएर साम्राज्यवाद हुन्छ,’ ओलीले भने, ‘तर प्रचण्डले त सेयर बजारलाई साम्राज्यवादको विकसित रुप नै भनिदिए । यो गलत छ ।’

ओलीले प्रचण्ड र एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी बनाएका माधव नेपाललाई अस्थिरताका सम्वाहक रहेको समेत आरोप लगाए । उनले भने, ‘नियन्त्रित अस्थिरताका सम्वाहक शक्ति यहाँ छन् । अहिले ती शक्तिहरुमा सबभन्दा चर्को गरी चल्ने प्रचण्ड एण्ड कम्पनी,माकुने एण्ड कम्पनी । सबभन्दा अहिले अस्थीरताका सम्बाहक तत्वहरु यिनीहरु नै हुन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार