• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

निगमले फेरि ३ रुपैयाँ बढायो डिजेल र पेट्रोलको भाउ, अब सिलिण्डरको १५७५ रुपैयाँ


नेपाल आयल निगमले फेरि डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ३ बढाएको छ । यससँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल
र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ। बढेको मूल्य आज मध्यरातदेखि लागि हुनेछ।यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल,पेट्रोल र मट्टितेलको भाउ रु ३ नै बढाएको थियो।

इन्धनको मूल्य बढ्यो, ग्यास अब सिलिण्डरको १५७५ रुपैयाँ
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ ।अब पेट्रोलको मूल्य लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल र मटिट्तेलको मूल्य प्रतिलिटर ११९ रुपैयाँ पर्छ । हवाई इन्धनको पनि मूल्य प्रतिलिटर ५ रुपैयाँ बढेको छ । अब आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १०१ र अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ ।यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिलिण्डिर ७५ रुपैयाँ बढेको छ।यससँगै एक सिलिण्डरका लागि अब उपभोत्ताले १५७५ रुपैयाँ तिर्नुपर्ने भएको छ ।यो मूल्य समाजयोजनपछि पनि पेट्रोल, डिजेल र एलपी ग्यासमा घाटा रहेको निगमको दाबी छ।

वीरगञ्जमा पेट्रोल अभाव
वीरगञ्ज । वीरगञ्ज–११ का रियाज समानीलाई स्कुटीमा पेट्रोल हाल्नु थियो । मंगलबार वीरगञ्जको पावरहाउसदेखि भारतीय महावाणिज्य दूतावासम्मका तीन वटा पेट्रोल पम्प चाहारे । तर उनले ‘पेट्रोल छैन’ भन्ने जवाफ पाए । ‘ वीरगञ्जका तीनवटा पेट्रोल पम्प धाउँदा पेट्रोल पाइएन । किन अभाव भएको हो थाहा छैन,’ उनले भने, ‘अब स्कुटी लगेर घरमा राख्छु, पेट्रोल सहज भएपछि चलाउँछु ।’

कतै पेट्रोलको भाउ बढाउने तयारी भएर त अभाव भएको हैन ? समानीको मनमा शंका छ ।
आयुष सर्राफ स्कुटीमा पेट्रोल सक्किन लागेपछि अपरान्ह साढे ४ बजे वीरगञ्जकै कमल विनायक फ्यूल सेन्टर पुगे । ‘पेट्रोल छैन’ लेखिएको बोर्ड देखेपछि फर्किए ।रियाज र आयुष जस्तै बारा, पर्सामा पछिल्ला दिनमा सर्वसाधरण पेट्रोलका लागि दौडनेहरु धेरै छन् । पछिल्ला दिनमा घर घरमा मोटरसाइकल र स्कुटी छ । कुनै समय लोकप्रिय सवारी रहेको साइकलको ठाउँ मोटरसाइकल र स्कुटीले लिइसकेको छ । कोही मोटरसाइकल, स्कुटीमा कार्यालय जान्छन्, त कोही व्यापार व्यवसायका लागि दौडन्छन् । त्यसका लागि पेट्रोल त चाहिन्छ नै । तर पाइरहेको छैन ।

कमल बिनायक फ्युल सेन्टरमा आइतबार साँझ आएको ६ हजार लिटर पेट्रोल मंगलबार बिहानसम्ममा वितरण गरिसकिएको छ । पम्पमा ‘पेट्रोल छैन’ भन्ने बोर्ड झुण्ड्याएर राखिएको छ । सर्वसाधरण पेट्रोलका लागि आउँदा रित्तै फर्कन बाध्य छन्, पम्पले पनि व्यापार गर्न पाएको छैन ।

प्रकाशित मिति : २०७८ कार्तिक २४ गते बुधवार