• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

देउवा–मोदी भेट : नेपालगञ्ज र महेन्द्रनगरबाट भारतीय हवाईजहाज प्रवेशको अनुमति दिन आग्रह


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच स्कटल्याण्डमा भेटवार्ता भएको छ । जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा
भाग लिन स्कटल्याण्डको ग्लास्गोमा गएको बेला उनीहरुबीच भेटवार्ता भएको हो ।भेटवार्तामा प्रधानमन्त्री देउवाले महेन्द्रनगर, धनगढी,नेपालगञ्ज र भैरहवाबाट हवाईजहाज प्रवेश विन्दुलाई

अनुमति दिन र रासायनिक मलको सहज आपूर्ति गर्न आग्रह गरेका थिए ।सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालले अनुरोध गरिराखेको नेपालगञ्ज र महेन्द्रनगरबाट हवाईजहाज इन्ट्री गर्ने प्वाइन्ट स्वीकृति दिनुपर्यो भन्ने कुरा गर्नुभयो । उहाँले चाहिं तपाईंहरुको आवश्यकता, तपाईंहरुको खाँचोलाई हामीले सकारात्मक रुपमा हेर्छौं भन्नुभयो,’ सचिव पौड्यालले भने ।नेपाल र भारतबीच पछिल्लो समय दार्चुलामा एसएसबीले तुइन खुस्काइदिंदा जयसिंह धामी बेपत्ता भएको घटना, सीमा समस्या लगायतका विषयबारे भने छलफल भए/नभएको कुरा नेपाल र भारत दुबै देशका अधिकारीहरुले खुलाएका छैनन्जवाफमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको आवश्यकता र खाँचोलाई सकारात्मक रुपमा लिने बचन दिएको भेटमा सहभागी परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिए ।

यसैगरी प्रधानमन्त्री देउवाले भारतको सदभाव पाइराखेको भन्दै रासायनिक मलको आपूर्ति निरन्तर रहोस् भन्ने विषयमा अनुरोध गरेका थिए । सो विषयमा मोदीले भारतको आवश्यकता जे हो त्यही आवश्यकता नेपालको पनि हो भन्ने ठानेर पूर्ण सहयोगको वचन दिएको सचिव पौड्यालले बताए ।प्रधानमन्त्री देउवाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण, पूर्वाधार पुनर्निर्माण, पेट्रोलियम पाइपलाइन, रेलवे निर्माणमा सहयोग गरेकोमा भारतलाई धन्यवाद दिंदै भारतीय सहयोगलाई निरन्तरता दिन पनि आग्रह गरेका थिए ।

नेपाल र भारतबीच पछिल्लो समय दार्चुलामा एसएसबीले तुइन खुस्काइदिंदा जयसिंह धामी बेपत्ता भएको घटना, सीमा समस्या लगायतका विषयबारे भने छलफल भए/नभएको कुरा नेपाल र भारत दुबै देशका अधिकारीहरुले खुलाएका छैनन् । परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा सीमा समस्या र एसएसबीको ज्यादतीको विषय उल्लेख नगरिएकाले प्रधानमन्त्री देउवाले यो विषयलाई नउठाएको बुझ्न सकिन्छ ।

भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गरी नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा समकक्षी देउवासँग कुराकानी भएको जानकारी दिएका छन् । मुख्यगरी विश्वको महामारी र दिगो विकासलाई अगाडि बढाउने विषयमा कुराकानी भएको उनले उल्लेख गरेका छन् ।भेटमा भारतीय विदेशमन्त्री एस जयशंकर, भारतीय विदेश मन्त्रालयका सचिव हर्षबद्र्धन श्रृंगाला लगायत सहभागी थिए ।

प्रकाशित मिति : २०७८ कार्तिक १७ गते बुधवार