• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

राष्ट्रिय वाणिज्य बैंकले एकैपटक माग्यो आठ सय कर्मचारी


काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकमा स्थायी जागिर खुलेको छ । लोक सेवा आयोगले विभिन्न १२ पदमा ८०० बढी जनाका लागि आवेदन खुला गरेको हो ।९ औं तहको
वरिष्ठ प्रबन्धकदेखि तह ५ को वरिष्ठ सहायक (सूचना प्रविधिसम्म)का लागि आवेदन खुला गरिएको छ । २ जना वरिष्ठ प्रबन्धक, ६ जना प्रबन्धक र १८ जना उपप्रबन्धक (प्रशासन), एक

जना उपप्रबन्धक (लेखा) पनि माग गरिएको छ ।

सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
ताप्लेजुङ । नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक शुक्रबार पक्राउ परेको छ ।पक्राउपर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ ।

लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका–४ साँवाका पेम्बा शेर्पासँग रु २० हजार लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए ।

पक्राउपर्ने लिम्बूलाई ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १४ गते आइतवार