• २०८१ कार्तिक २७ गते मङ्गलवार
  • Preeti To Unicode

रावललाई ओलीले भने : तपाईंले सक्नुभएन त म के गरौं ?


काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भनाभन भएकोछ।बैठकमा उपाध्यक्ष रावललले पूर्वसमझदारी
अनुरुप १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै प्रश्न उठाएपछि ओलीले हस्तक्षेप गरेका थिए ।अध्यक्ष ओलीले काम गर्न सक्दिन भनेर राजीनामा दिएपछि १० बुँदेको औचित्य सकिएको

बताएका थिए । ‘तपाईंले सक्नु भएन राजीनामा दिनु भयो त म के गरौँ ?,’ बैठकमा ओलीले भने, ‘अब राजीनामा दिएपछि कार्यदल पनि सकियो, १० बुँदेको उपदेयता पनि सकियो । किन कार्यदल चाहियो । तपाईंले राजीनामा दिएपछि कार्यदल नै सकियो ।’ अध्यक्ष ओलीले पार्टीको समस्याका विषयमा पार्टीका कमिटीहरुमै छलफल हुने बताए ।जवाफमा रावलले आफूले नसकेर राजीनामा दिएको नभई आफ्नो कुरा कार्यान्वयन नभएपछि राजीनामा दिएको बताएका थिए । रावल र ओलीका बीचमा भनाभन चर्किएपछि स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य र अमृतकुमार बोहराले उनीहरुलाई रोकेका थिए । केन्द्रीय कमिटी सदस्यहरुले पनि स्थायी कमिटीको समस्या स्थायी कमिटीमै मिलाउनुपर्ने बताएपछि उनीहरुको विवाद रोकिएको थियो ।

एमालेले बढायो महाधिवेशन प्रतिनिधि, ४ सय थप
नेकपा एमालेले १० औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले मंसिरमा हुने राष्ट्रिय महाधिवेशनका लागि स्थायी कमिटीले गरेको प्रस्तावमा छलफल पछि (१५३६) लाई बढाएर १९९९ पुर्याएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बिहीबार बसेको स्थायी कमिटीले १५३६ प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरेको थियो । तर, केन्द्रीय कमिटीमा नेताहरुले संख्या बढाउन माग गरेपछि उक्त संख्या बढेको हो । त्यस्तै शुक्रबारको बैठकले महाधिवेशन मुल व्यवस्थापन समितिमा २ जना थपेर २३ सदस्यीय बनाएको छ । नयाँ थप भएका सदस्यहरूमा नेता रघुजी पन्त र शेरबहादुर तामाङ थपिएका हुन् ।

कात्तिक २७ मा प्रतिनिधि निर्वाचन
शुक्रबारको बैठकले आगामी कात्तिक २७ गते एकैदिन एमाले प्रतिनिधि छनोटका लागि निर्वाचन गर्ने गरी मिति तय गरेको छ । सो पार्टीले महाधिवेशनमा विधुतीय मतदान मेसिन प्रयोग गर्ने जनाएको छ । त्यसका लागि शुक्रबारको बैठकअघि उक्त मेसिनको परीक्षण गरेको थियो । एमालेको केन्द्रीय कमिटीको बैठक मंसिर ९ मा सौराहामा बस्नेछ ।

प्रकाशित मिति : २०७८ कार्तिक १२ गते शुक्रवार