• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

सङ्खुवासभा काण्डका आरोपी कार्की परिवारकै छिमेकी पक्राउ


सङ्खुवासभामा भएको सामूहिक हत्या’का’ण्डको आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन् । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा लाेकबहादुर कार्की रहेका छन्
।उनी हत्या गरिएका कार्की परिवारका आफन्त हुन्।गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या

भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।घटनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात रहेको प्रहरीले अनुमान गरेको थियो । सोही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले स्थानीय कार्कीलाई पक्राउ गरेपछि घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । व्यक्तिगत रिसिबीका कारण हत्या भएको प्रहरीले जनाएको छ । पक्राउ परेका कार्की परिवारको १३ दिने नाता पर्ने व्यक्ति भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीले जानकारी दिए । उनको घर कार्की परिवारको घरको सबैभन्दा नजिक रहेको डिआइजी बिसीले जानकारी दिए ।

सिआईबीसमक्ष अपराध कबुल
प्रहरी स्रोतका अनुसार आरोपीले केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरीसमक्ष आफ्ना अपराध कबुल गरेको हो । घटनास्थलमा सिआईबीका डिएसपी रुगम कुँवर नेतृत्वका ३ जना प्रहरी अधिकारी अनुसन्धानका लागि खटिएका थिए । यद्यपि घटनास्थलमा खटिएका प्रहरीले भने यस सम्बन्धमा केही बताउन चाहेका छैनन् ।

ठूला अपराधका घटनाको अनुसन्धानमा सक्रिय सिआईबीलाई यो घटनामा पनि सफलता प्राप्त भएको हो । यसअघि बैतडीमा भएको भागरथी हत्या प्रकरण र बझाङमा भएको सम्झना विकको हत्या अनुसन्धानमा पनि सिआईबीले नै अनुसन्धान गरेको थियो । अभियुक्तलाई आइतबार चैनपुरमा सार्वजनिक गर्ने प्रहरीले तयारी गरिरहेको स्रोतले बतायो । प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी युवक शङ्काको घेरामा थिए । घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिको सर्टमा लागेको रगत र मृतकको डिएनए परीक्षणपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ ।संखुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । हत्या आरोपीलाई आइतबार सार्वजनिक गरिने छ ।हत्यामा एक व्यक्तिको मात्रै संलग्नता रहेको प्रहरी स्रोतले बताएको छ । सुरुमा तेजबहादुरको हत्यापछि परिवारका अन्य सदस्यको हत्या भएको स्रोतको दाबी छ ।

गत सोमबार मादी नगरपालिका-१ का बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।

प्रकाशित मिति : २०७८ भाद्र २६ गते शनिवार