• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

आलोपालो मुख्यमन्त्री पाउनुपर्ने माओवादीको माग


गण्डकी प्रदेशका माओवादी नेताहरुले नेपाली काँग्रेस सँग लुम्बिनी मा जस्तै आलो पालो मुख्यमन्त्री चलाउन पाउनुपर्ने माग गरेका छन् । काठमाडौंमा जारी केन्द्रीय
कमिटीको बैठकमा गण्डकी प्रदेशका तर्फबाट समूहगत छलफलको रिपोटिङ गर्दै माओवादी नेता हितराज पाण्डेले भने,‘यो प्रदेशमा चुनावमा नेपाली काँग्रेससँग नै प्रतिस्पर्धा हुने हो।

गण्डकीमा पनि लुम्बिनीमा जस्तै आलोपालो मुख्यमन्त्री पाउनुपर्ने माग छ ।’ अध्यक्ष प्रचण्डको दस्तावेजमाथि गण्डकी प्रदेशका १६ जना नेताहरुको समूहगत छलफलबाट प्राप्त निश्कर्षहरु बैठकमा राख्दै पाण्डेले भने, ‘जनयुद्धको भूमिकाबारे जोड पुगेको छैन, जोड दिनुपर्यो । वाम एकता र संयुक्त मोर्चाबारे कुरा त आएको छ, तर अलि स्पष्ट रुपमा आउनुपर्यो । जनताको जनवादबारे के हो ? स्पष्ट हुनुपर्यो ।रिपोटिङका क्रममा पाण्डेले पुराना नेताहरु कहिलेसम्म केन्द्रीय सदस्य भएर बसिरहने भन्दै नयाँलाई ठाउँ दिइनुपर्ने बताए । पार्टी नेता अम्बरबहादुर गुरुङ कोभिड संक्रमणका कारण बैठकमा सहभागी हुन नपाएको पाण्डेले बताए ।

‘दसैँमा सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव त्रुटिपूर्ण’
माओवादी अध्यक्ष प्रचण्डले शनिबार केन्द्रीय समितिको बैठकमा पार्टीको विभिन्न तहका अधिवेशनहरूको मिति प्रस्ताव गरे । तर, प्रचण्डले यसरी कार्यसूची बनाउँदा दसैँ पर्वलाई चटक्कै बिर्सिए । प्रचण्डले बनाएको क्यालेन्डरमा त्रुटि देखिएपछि आइतबारको बैठकमा बोल्ने नेताहरूले दसैँलाई ख्याल गर्दै कार्यसूची सच्याउन माग गरेका छन् ।

यस वर्षको विजयादशमी असोज २९ गते परेको छ । जबकि प्रचण्डले टीकाको भोलिपल्टै अर्थात् असोज ३० गते ७५६ वटै स्थानीय तहमा गाउँ–नगर अधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।
आइतबारको बैठकमा बोल्ने क्रममा गण्डकी प्रदेशका नेता हितराज पाण्डेले गाउँ नगर सम्मेलनको मिति दसैँपछि सार्न माग गरे ।

त्यसै गरी सुदूरपश्चिमका टोली नेताले पनि दसैँका बेला अधिवेशन उपयुक्त नभएकाले मिति सच्याउन माग गरे । प्रचण्डले प्रस्ताव गरेको गाउँ नगर अधिवेशनको दिन दसैँ परेका कारण यसलाई पछाडि सार्न आइतबारको बैठकमा बोल्ने नेताहरूले माग गरेका हुन् ।

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार