• २०८१ मङ्सिर २ गते आइतवार
  • Preeti To Unicode

एमाले केन्द्रीय कमिटी बैठक : माधव नेपालसहि विश्वासको मत दिने र संसदमा नआएका सांसदलाई कारवाहीको तयारी


काठमाडौं : नेकपा ( एमाले ) को केन्द्रीय कमिटीको बैठक बस्दै छ। च्यासलस्थित तुल्सिलाल प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्न
लागेको हो। अध्यक्ष केपी शर्मा ओलीले हिजै नै आइतवारका लागि स्थायी कमिटीको बैठक र सोमवारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएका थिए।

एमालेको पार्टी कार्यालय थापाथलीमा भए पनि केन्द्रीय कमिटी च्यासलमा बस्न लागेको हो। यसअघि आइतवारको स्थायी कमिटीको बैठक पनि च्यासलमै बसेको थियो।पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले केन्द्रीय कमिटीको सोमवारको बैठक विधान महाधिवेशनमा केन्द्रित हुने बताएका छन्। उनले समसामयिक राजनीतिबारे छलफल भए पनि बैठकको एजेण्डा विधान महाधिवेशन भएको बताए। ‘मूख्यगरी विधान महाधिवेशनमा बैठक केन्द्रित हुन्छ,’ उनले भने। एमालेले साउन २५-२७ मा विधान महाधिवेशन अयोजना गर्ने निर्णय गरेको थियो।यस्तै, प्रतिनिधि सभामा आइतवार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने र अनुपस्थित हुने सांसदहरुबारे पनि बैठकले अनुशासनको कारवाही गर्ने तयारी गरेको छ। ‘हिजोको घटनाबारे पार्टीको अनुशासनको कुरा अगाडि बढ्छ,’ तामाङले भने।

एमालेका १२१ सांसद मध्य ३३ जनाले पार्टीको निर्णयको उल्लंघन गरेका थिए। वरिष्ठ नेता माधवकुमार नेपाल समूहका १४ र ओली समूहका ८ जना गरि २२ जनाले देउवालाई विश्वासको मत दिएका थिए। यस्तै नेपाल समूहका १० जना अनुपस्थित रहे। सांसद भीम रावलले मतदान अघि नै राजिनामा दिएर हिँडेका थिए।
माधव नेपालसहितलाई कारबाहीको तयारी
नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।
एमाले कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान अधिवेशन र पार्टीको निर्देशन अवज्ञा गर्ने नेतामाथि कारबाहीका सन्दर्भमा छलफल हुने छ ।

एमालेले यही साउन २५ देखि २७ सम्म विधान अधिवेशन गर्दै छ । केन्द्रीय कमिटी बैठकले साउन २५ देखि २७ सम्म विधान अधिवेशन गर्ने निर्णय गरेको थियो ।यस्तै आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा विपक्षीमा मतदान गर्न एमाले निर्देशन दिएको थियो । तर मालेका ३३ जना सांसदले पार्टी ह्वीप उलङ्घन गरेका थिए । जसमा २२ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका छन् ।

माधव नेपाल पक्षका आठ जनाले मतदान नहुँदै सदन छोडेर तटस्थताको नीति लिएका थिए । यता अध्यक्ष केपी ओली पक्षका ८ जनाले पनि फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए ।यसबारे तामाङले भने, ‘पार्टी पद्धति, पार्टी विधान र पार्टीको अनुशासन उल्लङ्घनसँग जोडेर कारबाही गर्छौँ ।’

विश्वासको मत दिएकै कुरालाई कारबाहीको विषय बनाउन नपाइने सर्वोच्च अदालतको फैसला रहेका पार्टीको अनुशासन कारबाही गरिने उनको भनाइ छ । उनले भने, ‘उहाँले विश्वासको मत दिनु नै हुने थियो । त्यो चर्चाको विषय भएन । तर पार्टीमा हुर्किँदै गएको अराजकता रोक्ने विषयमा छलफल हुन्छ ।’

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको विषयमा कारबाही नभए पनि कारबाहीका अन्य विषय पनि रहेको तामाङले बताए ।‘विश्वासको मत दिएको विषयमा सांसद पद खारेज नहोला । तर अन्य विषयमा कारबाही हुन्छ । सांसद पद पनि जान्छ । आजको बैठकले प्रक्रिया पुर्‍याएर अगाडि बढ्छौँ,’ उनले भने ।

प्रकाशित मिति : २०७८ साउन ४ गते सोमवार