• २०८१ पुष ११ गते बिहिवार
  • Preeti To Unicode

नेपाल ले प्रधानमन्त्री वा पाटि अध्यक्ष मागेपछि मेरियट वार्ता निष्कर्षविहीन


एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल निष्कर्षविहीन भएको छ । ओली र नेपालबीच दुई
घण्टा भएको छलफलमा कुनै सहमति जुट्न नसकेको हो ।बैठकमा अध्यक्ष ओली पावर सेयरिङमा सहमत नभएपछि एमाले विवाद समाधानमा कुनै

प्रगति हुन नसकेको बैठकमा सहभागी एक नेताले बताए । ‘खासगरी अध्यक्ष ओली पावर सेयरिङमा सहमत नभएपछि वार्ता निष्कर्षविहीन​ बन्यो,’ ती नेताको भनाइ छ । खासगरी नेपाल ले प्रधानमन्त्री वा पाटि अध्यक्ष मद्य एक आपुलाई दिन भनेको तर ओलीले आगामी महादिबेशन बाट पाटि अध्यक्ष हुन् भनेको स्रोतले बतायो। मागेमेरियट भेटवार्ताअघि बुधबार दिउँसो ओली र नेपालबीच फोन संवादसमेत भएको थियो । उक्त भेटमा ओलीले गम्भीर सङ्कट आइलागेको नेता नेपाललाई बताएका थिए । तर साँझको भेटमा ओलीले पूर्ववत् अडानबाट पछि नहट्ने अडान राखे पछि सहमति हुन सकेन । मेरियटमा नेताहरुबीच भएको छलफलपछि नेता भीम रावल र सुरेन्द्र पाण्डेले भेटवार्ताले समस्या समाधान गर्न सहज हुने प्रतिक्रिया मात्रै दिए ।

होटल मेरियटमा ओली र नेता नेपाललाई पार्टी विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरूले कार्यदल तहमा भएका सहमति र हुनसक्ने प्रगतिबारे ब्रिफिङ गरेका थिए । ओली र नेपाललाई कार्यदलका नेताहरू नेपाल पक्षका कार्यदल संयोजक भीम रावल, सदस्य सुरेन्द्र पाण्डे तथा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङ छलफलमा सहभागी भएका थिए ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सम्वाद भएको छ । दुबै पक्षका नेताहरु रहकेो कार्यदल विवादित विषयमा सहमति उन्मुख भएपछि दुई नेताबीच बुधबार साँझ मेरियट होटलमा भेट भएको थियो ।नेता सुरेन्द्र पाण्डेका अनुसार कार्यदलका सदस्यहरुले अहिलेसम्म भएको छलफलबारे बि्रफिङ गरेको थियो । र, दुई नेताबीच वान अन वान सम्वाद भएको थियो ।

एमालेको विवाद अझै पुगेन टुंगोमा : ओली नेपालको वार्ता सकारात्मक, भोलि फेरि बस्ने सहमति
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकारात्मक भएको नेताहरुले बताएका छन्। नेपाल समूहका नेता भीम रावलले विवादलाई कसरी सकारात्मक परिणामतर्फ लैजाने भन्ने विषयमा छलफल भएको बताए। लामो समयदेखिको विवाद भएकाले गम्भीर कुराकानी गरेर मात्रै निर्णयमा पुगिने उनले जानकारी दिए।’दुई जनाका बीचमा सकारात्मक परिणाममा कसरी लैजाने भन्नेमा सहमति छ। लामो सयमदेखिको विवाद भएकाले गम्भीर कुराकानी गर्नुपर्ने आवश्यकता बोध भएको छ,’ रावलले भने।

भोलि पुनः कार्यदलका नेताहरु बसेर छलफल गर्ने सहमति भएको उनले बताए।यस्तै एमाले कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले पनि छलफल सकारात्मक भएको भए पनि टुंगोमा नपुगेको बताए।ओली-नेपालले होटल मेरियटमा बुधबार साँझ वार्ता गरेका हुन्। सुरुमा ओली-नेपाल दुबै समूहका नेतासहित बसेका थिए। त्यसपछि वान टु वान वार्ता गरेका थिए।’संयुक्त रुपमा र वान टु वान कुराकानी गर्नुभएको छ। सकारात्मक छ। बाँकी कुरा भोलि गरौँला,’ उनले भने।

यसअघि बुधबार दिउँसो भएको एमालेको कार्यदलको बैठकले ओली नेपालबीच कुराकानी भएपछि मात्रै टुंगोमा पुग्न सकिने निष्कर्ष निकालिएको थियो। सोमबार, मंगलबार र बुधबार बसेको एमालेको कार्यदलको बैठकपछि सहमतिको वातावरण बन्न लागेको हो।ओली नेपालबीच होटल मेरियटमा यसअघि वैशाख ८ र ९ गते पनि छलफल भएकाो थियो। उक्त छलफलपछि एमालेको विवाद केही मत्थर भए पनि सहमति भने हुन सकेको थिएन। उनीहरुको मेरियटमा यो तेस्रो भेट हो।

प्रकाशित मिति : २०७८ असार २३ गते बुधवार