काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सम्वाद भएको छ ।दुबै पक्षका नेताहरु
रहकेो कार्यदल विवादित विषयमा सहमति उन्मुख भएपछि दुई नेताबीच बुधबार साँझ मेरियट होटलमा भेट भएको थियो ।नेता सुरेन्द्र पाण्डेका अनुसार
कार्यदलका सदस्यहरुले अहिलेसम्म भएको छलफलबारे बि्रफिङ गरेको थियो । र, दुई नेताबीच वान अन वान सम्वाद भएको थियो ।तर कुनै ठोस सहमति भएन । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल सकिएको छ । वार्ता सकेर वरिष्ठ नेता वार्तास्थलबाट बाहिरिएका छन् । उनले कुनै प्रतिक्रिया दिएका छैनन् ।
ओली र वरिष्ठ नेता नेपालसँगै मेरियटमा कार्यदलका अन्य सदस्यहरु पनि पुगेका थिए । ओली र नेपालको वान टु वानपछि कार्यदल सदस्यहरुसँग दुवै नेताले संयुक्त छलफल गरेका थिए । मेरियटमा नेपाल पक्षका कार्यदल संयोजक भीम रावल, सदस्य सुरेन्द्र पाण्डे तथा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङ छलफलमा सहभागी थिए ।
कार्यदलका सदस्यहरुले ओली र नेता नेपाललाई तीन दिन कार्यदलमा भएको छलफल, सहमतिको मस्यौदा लगायतका विषयमा ब्रिफिङ गरिरहेको बुझिएको छ । कार्यदलमा संसद विघटन र हस्ताक्षरबारे मौन बस्ने कि शब्द राख्ने भन्नेमा सहमति जुट्न सकेको थिएन ।
एमालेले पार्टी विवाद समाधानका लागि जेठ २ मा १० सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा संस्थापन पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, ज्ञवाली र विष्णु रिमाल छन् । नेपाल पक्षबाट भीम रावलसहित सुरेन्द्र पाण्डे, विष्ट, घनश्याम भुसाल र रघुजी पन्त छन् ।