• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

उद्दार तथा राहतका लागि मनाङको चामेमा हेलिकोप्टर पठाउने तयारी


काठमाडौं । मनाङ को चामे मा राहत सामग्री लिएर गृह मन्त्रालय ले हेलिकोप्टर पठाउन लागेको छ ।तर प्रतिकुल मौसमका कारण नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर उड्न सके को छैन । गृह मन्त्रालय का प्रवक्ता जनकराज दाहालले होलिकोप्टरमा राहत सामग्री लिएर जाने

साइबर सेना लाई बताए । उनले भने, ‘खाद्यान्न, टेन्ट लगायत पठाउने तयारी गरिएको छ । त्यहाँ पुगेर यही हेलिकोप्टर उद्दार कार्यमा पनि खटिनेछ ।’नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले पनि हेलिकोप्टर तयारी अवस्थामा रहेको बताए । उनले भने, ‘उद्दार कार्यमा मनाङकै टोली खटिनेछ, यहाँबाट हेलिकोप्टर पठाउँदैछौं ।’मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार नासो गाउँपालिकाको कार्यालय भवन, इलाका प्रहरी कार्यालय, प्राइम र प्रभु बैंक रहेको भौतिक संरचनामा पनि क्षति पुगेको छ ।अहिले प्रभावित क्षेत्रका वासिन्दा दुई समूहमा बाँडिएर सुरक्षित स्थानमा बसेका छन् ।

लमजुङमा बाढीको वितण्डा : दोर्दीखोलाको बाढीले हिलेबजारका १४ घर बगायो
लमजुङको दोर्दीखोलामा बाढी आउँदा दोर्दी गाउँपालिका–८ हिलेबजार क्षेत्रका १४ घर बगाएको छ । स्थानीय क्षितिज लामाका अनुसार दोर्दीखोलामा मंगलबार साँझदेखि रातभरि खोलाले बजारका घरहरू बगाएको थियो ।एक्कासी बाढीले घरहरु भत्काउन थालेपछि घरका सामान निकाल्न नसकिएको उनले बताए । बाढीको जोखिम रहेका घरमा भने सामान उठाउन लागिएको उनले बताए । १ सय २० घर रहेको उक्त क्षेत्र नै बाढीको उच्च जोखिममा छ ।

दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङका अनुसार घर बगाएका र उच्च जोखिममा रहेकालाई फलेनी माविको भवनमा राखिएको छ । बाढीले बिजुलीको पोल बगाउँदा विद्युत अवरुद्ध भएको छ । खेलमैदान र किसानका कुखुराको खोर पनि बगाएको छ ।लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले हिलेबजारका स्थानीयको उद्धारमा प्रहरी निरिक्षकको नेतृत्वमा प्रहरी टोली खटाएको बताए । सदरमुकाम बेसीशहरबाट करिब २५ किलोमिटर दुरीमा पर्ने हिलेबजार जाने कच्ची बाटो पहिरोले भत्किएको लुइँटेलले बताए । बाढीले घरहरूमा क्षेति भए पनि मानवीय क्षति भने भएको छैन ।


बाढी र पहिरोका कारण मस्र्याङ्दी–४ जगतमा २ वटा बुङ्गुर फार्म र एउटा कुखुरा फार्म पनि बगाइदिएको छ । बेसीसहर चामे सडकको लमजुङ र मनाङ खण्डको विभिन्न स्थानमा झरेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध बनेको छ । सडकमा झरेका ठुलाठुला पपिहरो पन्छाउन नसक्दा अति आवश्यक एम्बुलेन्स, विद्युत लगायतका सेवासमेत सञ्चालन हुन सकेका छैनन् ।

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार