• २०८१ मङ्सिर ३ गते सोमवार
  • Preeti To Unicode

बागमती प्रदेश सभामा एमाले एकढिक्का : डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य बिच सहमति


हेटौंडा । बागमती प्रदेश सभामा पेश भएको नीति तथा कार्यक्रम पास गर्न एमाले एकढिक्का भएको छ।शनिबार बिहान नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र माधव नेपाल पक्षकीनेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम

पास गर्न पार्टीका प्रदेश सभा सांसदहरुलाई निर्देशन दिएका हुन् ।नेतृ अष्टलक्ष्मी शाक्य निकट प्रदेश सभा सदस्य मुनु सिग्देलले बागमतीको नीति तथा कार्यक्रम पास गर्न बहुमत सदस्य रहेको एमाले एक ढिक्का हुने बताइन् ।शाक्यले संसदीय दलको बैठकमा बागमती प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न निर्देशन दिएको दलका मुख्य सचेतक दिपक निरौलाले जानकारी दिए ।नेकपा एमाले बागमती प्रदेशका मुख्यमन्त्री तथा दलका नेता डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकमा एमालेका दुवै पक्षका सांसदहरु सहभागी भएका थिए ।नीति तथा कार्यक्रम आज बागमती प्रदेशमा निर्णायर्थ पेश हुँदैछ । बैठकले प्रदेश सभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्ति भत्सर्ना योग्य रहेको भन्दै रेकर्डबाट हटाएर लिखित रुपमा माफी माग्नुपर्ने निष्कर्ष निकालेको निरौलाले बताए ।

एमालेमा घरझगडा, माओवादीलाई राहत
ओलीले माओवादी सिध्याउन खोज्नुभएको थियो, आफू सिद्धिनुभयो : ओनसरी घर्ती
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) खारेज भई एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि उत्पन्न राजनीतिक उथल–पुथलको पराकम्प जारी छ । यसक्रममा केन्द्रीय राजनीतिबाट निराश बन्न पुगेको माओवादीलाई प्रदेशले भने राहत दिन थालेको छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नाम विवादमा नेकपाको एकता खारेजीको फैसला सुनाएपछि सिंहदरबारदेखि प्रदेशसम्म नेकपाभित्र विभाजन आएको थियो । यसको प्रभावस्वरुप माओवादी केन्द्र सत्ताविहीन हुने अनुमान थियोे । गत आम निर्वाचनमा एमालेसँग गठबन्धन गरी सिंहदरबारदेखि ६ वटा प्रदेशमा सत्ताभोग गरिरहेको माओवादीको संसदीय गणितले पनि त्यही देखाउँथ्यो ।माओवादीले सरकारको नेतृत्व गरेका कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमालेको समर्थनबिना सरकारको निरन्तरता सम्भव थिएन । तर, प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गरेको एमालेलाई माओवादीको साथ अनिवार्य थिएन । प्रदेश १ र बागमतीमा एमालेको एकल बहुमत थियो ।

केन्द्रमा पनि जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षसँग प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको हिमचिम राम्रै थियो ।
एमालेका १२१ सांसदमा जसपाको ठाकुर– महतो पक्षका २० जना मात्र सांसदले साथ दिँदा आफू अनुकुल मुलुकलाई डोर्याउन सकिने ओलीको बुझाइ प्रस्टै थियो ।उक्त परिदृश्यबाट उत्साहित हुँदै नेकपा खारेजीमा ओली पक्षले दिपावली बनायो । साथै ओली समूहले तत्कालीन नेकपामा प्रचण्डसँगको मोर्चाबन्दीमा सामेल एमालेकै झलनाथ खनाल – माधव नेपाल पक्षको अस्तित्वमाथि धावा बोल्यो ।

एमालेको बलशाली अध्यक्ष र माओवादीका ‘२३ भाइ’ को साथ पाएपछि ओलीले खनाल–नेपाल पक्षलाई आत्मसमर्पणको बाटोबाट एमालेमा ढोका खोले । त्यो बाटो खनाल–नेपाल पक्षलाई मन्जुर भएन । अनि एमालेमा विद्रोह सुरु भयो । ओली पक्षको कारबाही र खनाल–नेपाल पक्षको समनान्तर गतिविधिको अध्याय सुरु भयो । ओली उन्मादको बोध गर्न खनाल–नेपाल पक्ष हात धोएर लाग्यो ।जसबाट शक्तिशाली नेकपाको कार्यकारी अध्यक्षबाट चोइटिएको (२३ भाइ ओलीतिर) माओवादीको अध्यक्षमा झर्नुपर्दा रन्थनिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राहत मिल्यो ।

खनाल–नेपाल पक्षले एमालेभित्र अन्तरसंघर्षको नीति लिए पनि माओवादीसँगको उठबस कामय रह्यो । यहीबीचमा बैशाख ३ गते महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले कर्णाली प्रदेशसभामा विश्वासको मत लियो ।

प्रकाशित मिति : २०७८ जेष्ठ २९ गते शनिवार