२०७८ जेठ ५ गते, बुधवार, १९ मे २०२१। वैशाख शुक्ल पक्ष सप्तमी तिथि, प्रातः ७ः५४ बजे देखि अष्टमी। अश्लेषा नक्षत्र, ११ः३०
बजेदेखि मघा। चन्द्र राशि– कर्कट, ११ः३० बजे देखि सिंह। इटहरी, सुनसरी, नेपाल मा सूर्योदय : बिहान ०५:०९ बजे र सूर्यास्त : साँझ
०६:३७ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०६:४७ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१९ बजे र सूर्यास्त : साँझ ०६:५३ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । शिक्षामा सफलता पाइनेछ । स्वास्थ्यमा सुधार आएपनि स्वास्थ्य प्रति सजगता अपनाउनु पर्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज यात्रा नगरेकै जाती हुन्छ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका हुने र अवसर गुम्न सक्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ कार्यको चर्चा चल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ । राजनीति तथा समाजसेवामा मन लाग्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कुनै कारणले महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला र सानातिना समस्यामा अल्झनुपर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजबाट विस्तारै शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार पनि सुन्न पाइएला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नो कर्तव्य तथा समाजसेवामा मन लाग्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश जाँगर र मनोबल उच्च रहनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महिला वा मित्रबाट विशेष आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ, तर स्वास्थ्यको ख्याल गर्नु पर्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज राज्यबाट मान सम्मान पाइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्, तर स्वास्थय प्रति सचेत रहनु पर्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । न्यायिक र प्रशासनिक कार्यमा सफलता मिल्नेछ । साँझमा नरमाइलो समाचार सुनिएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य विस्तारै अघि बढ्नेछ । विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )