• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

भीम रावलमाथि कारबाही : खोसियो पद, एमालेमा आउन ३० लाखको ब्याज तिर्नु पर्ने र साधारण सदस्यता लिनुपर्ने (भिडियो सहित )


कैलाली । धनगढी तत्कालिन नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले भीम रावल नेकपा एमालेमा आउने भए साधारण सदस्य लिएर आउनुपर्ने बताएका छन्। बुधबार धनगढीको चटकपुरमा रहेको पार्टी कार्यालय उद्घाटन गर्दै उनले भने एमाले आयो अब हाम्रो पद आयो भन्ने कसैलाई

भ्रम नहोस्। भीम रावल हाम्रो पार्टीमा आउने हो भने पहिला ३० लाख ब्याज सहित फिर्ता गर्नुपर्छ । एमालेमा नीति नियममा चल्ने नेता चाहिएको हो बबण्डर गर्ने नेता चाहिएको छैन । हामीलाई नेताको खाचो छैन यो प्रदेशको इञ्चार्ज लेखराज भट्ट हुन् अध्यक्ष म नै हुँ र बाकीं ९ वटा जिल्लामा यो बिचमा हामीले जो अध्यक्ष बनायौ उहाँहरु नै आधिकारिक अध्यक्ष हो।

नेकपा एमालेका उपाध्यक्ष एवं सुदूरपश्चिम संयोजक डा भीम रावल प्रचण्डसँगै जानुपर्ने बाताउदै रावल नेकपा एमालेका नेता नरहेको पनि उनको दाबी थियो।

‘केपी शर्मा ओलीले नेतृत्व गरेको समूहले आधिकारिकता पाएपछि लेखराज भट्ट नै सुदूरपश्चिमका आधिकारिक संयोजक हुन। राजनीतिक निर्णय मान्य हुन्छ’ उनले भने, ‘भीम रावल अनाधिकृत हुन। उनीमा अलिकति पनि नैतिकता छ भने प्रचण्डतिरै जानुपर्छ। त्यहाँ उनले हक खोज्न मिल्छ अब एमालेमा उनको केहि हक छैन।’

हेर्नुहोस झडपको भिडियो सहित

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार