सुनसरीकाएमाले नेता धर्मराज निरौलाले पार्टी छाडेका छन्।एमालेका पूर्वकेन्द्रीय सदस्य समेत रहेका निरौला नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्।एमाले
को चितवन महाधिवेशन अघिसम्म निरौला सुनसरी नेकपा एमालेका इन्चार्ज थिए।चितवन महाधिवेशनबाट केन्द्रीय कमिटीमा पर्न असफल भएपछि उनी असन्तुष्ट थिए। सुनसरीकै अर्का नेता
भीम आचार्यका विश्वासपात्र निरौला आइतबार एकीकृत समाजवादीमा प्रवेश गर्ने स्रोतको भनाइ छ। यसबारे उनले केही बताउन चाहेनन्।‘आइतबार इटहरीमा एक कार्यक्रममा उहाँलाई माधव नेपालले पार्टीमा स्वागत गर्ने कार्यक्रम छ,’ एकीकृत समाजवादी स्रोतले भन्यो। माधव पक्षीय भनेर चिनिएका निरौला १० बुँदे सहमतिका बेला एमालेमै रहेका थिए। उनीसहित सुनसरीको एउटा टिम नै नेकपा एकीकृत समाजवादीमा प्रवेशको तयारी भएको स्रोतको दाबी छ। ‘टिममा केही कुरा मिलाउनु पर्ने भएकोले सार्वजनिक हिसाबले नआएको मात्रै हो,’ एमाले छोड्ने तयारीमा रहेका एक नेताले भने, ‘आइतबार माधवकुमार नेपाल सहभागी हुने एक कार्यक्रमकाबीच थुप्रै साथीहरूले एमाले छोड्दै हुनुहुन्छ।’स्रोतका अनुसार निरौलालाई नेकपा एसले पोलिटब्यूरो सदस्यको जिम्मेवारी दिने भएको छ। निरौला सुनसरीका पुराना एमाले नेता हुन्।
प्रचण्ड जोखिम लिने मान्छे हुन् तर २०औं शताब्दीतिरै फर्किए
आफूले लिएको बाटोबाट निराश भएर पुरानै शब्दजाल प्रयोग गरेर साथीहरूलाई अल्झाउने र आफ्नो शक्ति देखाउने भन्ने भ्रममा पर्नुभयो कि ! यी शब्दहरू भनेर पुराना माओवादी साथीहरूलाई जम्मा पारिराखौं, त्यसपछि अर्कै बाटो लागौंला भन्न खोजेको हो कि भन्ने उहाँलाई नै थाहा होला ।
जो जनयुद्ध शान्ति प्रक्रिया हुँदै भर्खरै नयाँ प्रक्रियामा प्रवेश गरेको चरणमा हामी थियौं । हेटौंडा महाधिवेशनसम्म पनि संविधान बन्ने क्रममा नै थियो । आन्दोलनले स्पष्ट दिशा पक्रिसकेको थिएन । एक हिसाबले हेटौंडा महाधिवेशन पनि औपचारिकतामा मात्र सीमित थियो । विचार, नीति, कार्यक्रम र दस्तावेजमा एकरूपता थिएन । नेताहरूका बुझाइ फरक–फरक थिए ।
आजको परिस्थिति फरक हो । आज संविधान बनाएर, संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेर नयाँ प्रक्रियामा प्रवेश गरिसक्यौं । समाज रूपान्तरणको नयाँ चरणमा प्रवेश गरिसक्यौं ।वैज्ञानिक ढंगले हेर्दा यो भनेको नेपालमा एक प्रकारले क्रान्तिको राजनीतिक प्रक्रियालाई सापेक्ष पूर्णतापछि पूँजीवादी आर्थिक, सामाजिक रूपान्तरण गरेर समाजवादको दिशातिर जाने यो एउटा चरण हो । हिजो राजनीतिक मुद्दाहरू नै टुंगो लागिसकेको थिएन । पूँजीवादी क्रान्तिका राजनीतिक मुद्दाहरू सापेक्ष ढंगले टुंगो लागेका छन्, भलै पूर्ण भएको छैन । मैले संविधानलाई ‘आधा भरी, आधा खाली गिलास’ को संज्ञा दिएको थिएँ ।
संविधान जारी भइसकेपछि प्रचण्डजीसँग हाम्रो बाटो फाट्यो । अहिले हामी फरक बाटोमा छौं । तर, मेरो बुझाइ र अपेक्षा प्रचण्डजी पनि गतिशील ढंगले सोच्ने मानिस हो । कतिपय अवस्थामा उहाँले गम्भीर गल्ती पनि गर्नुभयो । शान्ति प्रक्रियामा प्रवेश गरेपछि मुख्य एजेण्डा नै संविधान बनाउनुपथ्र्याे । यो बनाउनतिर नलागिकन विभिन्न ढंगले प्रभावित भएर विद्रोह भन्नेतिर जानुभयो त्यसले हामीबीच पछिल्लो समय शंका ल्याएको हो । १२÷१३ वर्षपछि भए पनि उहाँले स्वीकार्नुभएछ, त्यो राम्रो कुरा हो ।अब चाहिं आर्थिक, सामाजिक आधारलाई मुख्य रूपमा बदलेर नयाँ राजनीतिक परिवर्तनको दिशामा जाने चरणमा त्यसलाई गम्भीरतापूर्वक लिएर नेपाली राजनीतिक अर्थतन्त्रीय ढंगले व्याख्या, विश्लेषण गरेर जानुपर्थ्यो । यसका समस्यालाई पहिचान गरेर अग्रगामी ढंगले हल गर्नेतिर उहाँ जानुपर्थ्यो । तर, उहाँको दस्तावेज पढ्नेबित्तिकै के लाग्यो भने उहाँ त उल्टो दिशातर्फ पो गइरहनुभएको छ ।
युद्धकालीन धङधङी प्रचण्डको दस्तावेजमा देखियो । भलै युद्धकालपछि पनि २१औं शताब्दीको जनवादको विकास भनिरहेका थियौं । त्यतिबेला एकदलीय प्रणालीले हुँदैन, प्रतिस्पर्धी ढंगले जानुपर्छ र नेतृत्वको सवालमा आजीवन एउटै व्यक्ति पदमा बस्नुहुँदैन भन्ने कुरा गरेका छौं । हामीले अलि सिर्जनशील ढंगले सोच्न खोजेकै थियौं । नयाँ परिवेशमा उही पुराना धङधङी बोके जस्तो गरेर उहाँले अहिले दस्तावेज पेश गर्नुभएछ । शब्द प्रयोग, भाषा हेर्दा उहाँ चाहिं पुरानै नोस्टाल्जियामा रमाइरहनुभएको पाएँ ।विस्मृतिलाई पुनर्ताजगी गरेर आनन्द लिने एउटा प्रवृत्ति हुन्छ, त्यतापट्टि नै उहाँ फर्किन खोजेको देखिन्छ । पछिल्लो चरणमा एमालेसँगको एकता सफल नभएपछि उहाँले राजनीतिक रूपमा सोचे जस्तो फल प्राप्त भएन । उहाँ निराश भएर होला, पुरानै जार्गनलाई अगाडि सार्नुभएको देखियो । निराश भएर बसेका कार्यकर्ता र पुरानै माओवादी पंक्तिको मनोबल उक्साउँछु भन्ने अर्थमा हो वा तीव्र शक्ति आर्जन गर्छु भन्ने हो, त्यो उहाँले जान्ने कुरा हो । दस्तावेज जुन ढंगले लेख्नुभएछ, त्यो समय सान्दर्भिक कत्ति पनि देखिएन ।
म त बडो आश्चर्यचकित पनि परें । उहाँ जस्तो आवश्यक पर्दा जोखिम दिन पनि र लिन पनि सक्ने मान्छेले अहिले त विगतबाट पाठ सिकेर निर्णय लिन सक्नुपर्थ्यो । आफैं भन्नुभा’छ– हिजो संविधान बनाउनेतिरै जोड दिनुपर्थ्यो, विद्रोहको कुरा गरेर बेठीक गरिएछ । यत्ति महसूस गरिसकेपछि त अब भनेको आर्थिक, सामाजिक रूपान्तरणमा जोड दिनुपर्छ भन्ने बेला हो ।
विचारको हकमा माओवाद भट्याइरहनुभा’छ, जबकि माओवाद विद्रोहको एउटा प्रतीक थियो । यो हिजो आवश्यक भए पनि आजको परिस्थितिमा त्यति आवश्यक छैन । यसलाई समीक्षा गरेर साहसपूर्वक नयाँ ढंगको विचारमा अगाडि जानुपर्थ्यो, उहाँ त्यहीं चुक्नुभयो ।अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दा उहाँ १९/२० औं शताब्दीमा लेनिनहरूले गरेका विश्लेषणतिरै फर्किनुभएको छ । विश्व अर्थतन्त्रको व्यवस्थालाई पनि ठीक ढंगले विश्लेषण गर्नुभएको छैन, अत्यन्त सतही छ ।
नेपालको भूराजनीतिक विश्लेषण र वर्ग सम्बन्धहरूको विश्लेषण, नेपालको अर्थ–राजनीतिको विश्लेषण पनि सतही ढंगले पुरानै शब्दमा गर्न खोज्नुभएको छ । उहाँले जुन आर्थिक नीति भनेर अगाडि सार्नुभएको छ, त्यो अत्यन्त पश्चगामी प्रकृतिको छ । उदाहरणको निम्ति, हामीले यो बीचमा त राष्ट्रिय औद्योगिक पूँजीको विकास गर्ने हो, उत्पादक शक्तिको विकास गर्ने हो । त्यो भनेको परम्परागत, निर्वाहमुखी कृषिमा आश्रित र रेमिट्यान्समा आश्रित अर्थतन्त्रलाई औद्योगिक र आधुनिक सेवा, प्रविधि प्रधान अर्थतन्त्र निर्माण गर्ने हो ।
कृषि क्षेत्रको वैज्ञानिक ढंगले रूपान्तरण गर्ने हो । छरछिमेक खासगरी चीन र भारत शक्तिका रूपमा उदय भएका छन्, तिनीहरूसँग ठीक ढंगले सम्बन्ध विस्तार गर्ने हो । बाह्य पूँजी र प्रविधि सम्बन्धी नीति नयाँ ढंगले अवलम्बन गर्ने र १०/१५ वर्षभित्र नेपालको अर्थतन्त्रको प्रगतिशील पूँजीवादको रूपमा रूपान्तरण गरेर समाजवादतिर जाने बाटो लिनुपर्ने थियो । तर, उहाँले हिजोकै पुरातन शास्त्रीय कम्युनिष्ट कोणबाट दस्तावेज लेख्नुभयो । फेरि सामूहिक प्रकारको खेतीपाती गर्ने, सामूहिक ढंगले उद्यम र व्यवसाय गर्ने, शारीरिक श्रमले गाउँ फर्केर जोड्ने भनेर पुरानो प्रकारको जुन शैलीको प्रचण्डले वकालत गर्नुभएको छ, त्यो अहिलेको परिस्थितिसँग मेल खाँदैन । यसले त उल्टो अर्थतन्त्रलाई गतिरोधमा पार्छ ।
हाम्रो अर्थतन्त्रको मुख्य समस्या निरपेक्ष गरीबी र बेरोजगारी हो । हाम्रो उत्पादन र प्रतिव्यक्ति आय नै कम छ । प्रतिव्यक्ति आयलाई कमसेकम १० गुणा विस्तार नगरेसम्म समाजवादको कुरै गर्न सकिंदैन । त्यसैले उत्पादन बढाउन मुख्य जोड दिनुपर्छ । उहाँले पुरानो ढंगले परम्परागत श्रमकै प्रयोग गर्ने, पुरातन कृषि र साना व्यवसाय गर्ने कुरा गरिराख्नुभएको छ, त्यसले कम्बोडिया, उत्तरकोरियाको मोडेलतिर मात्रै लैजान्छ । त्यो अहिलेको परिस्थितिसँग मेल पनि खाँदैन र सम्भव पनि छैन । त्यसकारण उहाँले पुराना नोस्टाल्जियाको मात्रै कुरा गर्नुभयो ।
आजको दुनियाँमा बाह्य पूँजी प्रविधिलाई परिचालन नगरेसम्म केही हुँदैन । राष्ट्रिय अर्थतन्त्र पनि हिजोको जस्तो आत्मनिर्भर भन्ने हुँदैन । आजको युगमा प्रविधि र उत्पादन प्रणालीका तौरतरिका, श्रम र पूँजीको विश्वव्यापीकरण जस्ता कारणले अन्तरसम्बन्धित अर्थतन्त्र विकास भएको छ । त्यसमा टेकेर नै नयाँ ढंगको समाजवादमा जान सम्भव छ ।हिजोको जस्तो राज्यले नियन्त्रण गर्ने अर्थतन्त्र अहिले सम्भव पनि छैन । अहिले त अन्तरनिर्भर प्रकारको आर्थिक प्रणाली र विकसित प्रकारको समाजवाद परिकल्पना गर्ने हो । पहिलो चरणको अर्थतन्त्रको परिकल्पनामा प्रचण्ड नराम्ररी चुक्नुभएको छ । श्रमको सम्मान गर्नुपर्छ ।
हाम्रो अर्थतन्त्र अलि भुइँफुट्टा प्रवृत्तिको छ । रातारात धनी हुनका निम्ति बिचौलियाको काम गर्ने प्रवृत्ति छ । त्यसका विरुद्धमा श्रमको सम्मान गर्ने र उत्पादनमा जोड दिने भन्ने हुनुपर्ने ठाउँमा उहाँले शारीरिक श्रम १५/२० दिन वा वर्षभरि गर्ने भन्नु त हास्यास्पद कुरा हो । हामीले त श्रमको सम्मान गर्ने पो कुरा हो, आफूलाई श्रम गर्न त कसले रोक्छ ? त्यसैले उहाँ बडो वैचारिक गञ्जागोलमा परेको देखें ।उहाँले अगाडि सारेको नीति त कामै लाग्दैन तर उहाँ जस्तो गतिशील र जोखिम पनि लिन सक्ने मान्छेले यसो गर्नुको पछाडि केही कारण होलान् । आफूले लिएको बाटोबाट निराश भएर पुरानै शब्दजाल प्रयोग गरेर साथीहरूलाई अल्झाउने र आफ्नो शक्ति देखाउने भन्ने भ्रममा पर्नुभयो कि ! यी शब्दहरू भनेर पुराना माओवादी साथीहरूलाई जम्मा पारिराखौं, त्यसपछि अर्कै बाटो लागौंला भन्न खोजेको हो कि भन्ने उहाँलाई नै थाहा होला ।
केपी शर्मा ओलीले कम्युनिष्ट खोल ओढेर जसरी कम्युनिष्टलाई नै बदनाम गरिसक्नुभयो । उहाँले पनि म असली कम्युनिष्ट त भनिराख्नुभएको छ । प्रचण्डले त्योभन्दा म असली कम्युनिष्ट हुँ भनेर देखाउन खोज्नुभयो । म नै असली बाजेको पेडा हो भने जस्तो गरेर को असली कम्युनिष्ट देखिने भन्ने प्रतिस्पर्धामै प्रचण्ड फस्नुहुँदैनथ्यो । मार्क्सवाद अनुसार रूप पक्ष भन्दा पनि सार पक्ष हेर्ने हो । गुदी खराब छ भने राम्रो खोल ओढाएर हुँदैन ।