• २०८१ असोज २४ गते बिहिवार
  • Preeti To Unicode

महाधिवेशन गर्न नसक्ने गरी कांग्रेस बुढो भयो : ओली


काठमाडौँनेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन गर्ननसक्ने गरी नेपाली कांग्रेस बुढो भएको बताएकाछन्।काठमाडौं सिन्धुपाल्चोक सम्पर्क मञ्चले आयोजना
गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले महाधिवेशन गर्न नसक्ने कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए ।’कांग्रेस महाधिवेशनको आयोजना गर्न नसक्ने अवस्थामा छ।

पाँच वर्षमा महाधिवेशनमा गर्न सकेन । थप गर्न मिल्ने ६ महिनामा पनि गर्न सकेन,’ ओलीले भने, ‘कांग्रेस बुढो भयो, विचारले पनि बुढो छ । महाधिवशेन गर्न नसक्नेले पार्टीले एमालेले प्रतिस्पर्धा गर्न सक्दैन ।’ उनले एक महिनाअघि विधान महाधिवेशन गरेको एमालेले मंसिर १० देखि १२ हुने महाधिवेशनमा ठूलो कार्यक्रम गर्न बताए । उनले माधवकुमार नेपाल, पुष्पकमल दाहाल, सभामुख अग्निप्रसाद सापकोटाको कार्यक्रममा चर्को आलोचना गरेको थिए । सो कार्यक्रममा उनले एमालेलाई समाप्त गर्न नसक्ने भन्दै नेपाललाई दौडधूपमा लाग्न छाडेर घरमा आराम गर्न सुझाव दिएका थिए । ‘राणा शासन, राजतन्त्र र कांग्रेसलाई सिध्याएर आएको पार्टी हो,’ ओलीले भने, ‘बुढेसकालमा चुप लागेर घर बस्नु के-के बोल्दै हिँडेका छन् ।

सभामुख सापकोटा संसदीय राजनीतिको कलङ्क
एमाले अध्यक्ष केपी ओलीले सभामुख अग्नि सापकोटाले पदीय गरिमा बिर्सिएर पार्टीका पक्षमा काम गरेको आरोप लगाएका छन् । सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क मञ्च, एमालेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आगामी चुनावमा माओवादी नराम्ररी हार्ने ठोकुवा गरे ।

‘एक तिहाइ होइन, एउटा पनि छोडिँदैन । अग्नि सापकोटाजस्तो संसदीय राजनीतिको कलङ्क मान्छे, फेरि सिन्धुपाल्चोकबाट निर्वाचित भएर संसद्मा पाइलो टेक्न पाउनुहुन्छ ? संसद्को सभामुखको गरिमा राखेको खोइ । पदीय ढोँगी , मर्यादा केही छैन ।

पदीय भूमिका र पदीय गरिमालाई तिलाञ्जली दिएर एमालेविरुद्धको षडयन्त्रमा सामेल हुने,’ ओलीले भने, ‘पार्टीको निर्देशनमा संवैधानिक परिषद्का बैठकमा अनुपस्थित हुने । पदीय कर्तव्य पालना नगर्ने र देशलाई नै बर्बाद गर्ने व्यक्ति कसरी चुनिनुहुन्छ ?

प्रकाशित मिति : २०७८ कार्तिक १३ गते शनिवार