• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० भाद्र १३ गते बुधवार। श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० भाद्र १३ गते बुधवार तदनुसार ई. सं. २०२३ अगस्ट ३० तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:३४ बजे र सूर्यास्त : साँझ ०६:१८ बजे, चन्द्रोदय : साँझ ०५:२४ बजे र चन्द्रास्त : भोलि बिहान ०४:४३ बजे, काठमाण्डौ,

नेपालमा सूर्योदय : बिहान ०५:४१ बजे र सूर्यास्त : साँझ ०६:२७ बजे , पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:४६ बजे र सूर्यास्त : साँझ ०६:३३ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:०० बजे र सूर्यास्त : साँझ ०६:४८ बजे, श्रावण शुक्लपक्ष (गुँलाथ्व) चतुर्दशी तिथि, बिहान १०:२० बजेसम्म, त्यसपछि पूर्णिमा तिथि, धनिष्ठा नक्षत्र, बेलुका ०९:५३ बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र, चन्द्रमा मकर राशिमा, दिउँसो १०:४३ बजेसम्म, त्यसपछि कुम्भ राशिमा, अतिगण्ड योग, मध्यरात्रीपूर्व ११:३६ बजेसम्म, त्यसपछि सुकर्मा योग, सुरुमा वणिज करण बिहान १०:२० बजेसम्म, त्यसपछि विष्टि÷भद्रा करण बेलुका ०९:०६ बजेसम्म, अन्तिममा बब करण, (भद्राको वास : पृथ्वीतल÷भूमिलोक), आनन्दादि योग : मित्र, चन्द्रवर्ण : कालो (दिउँसो १०:४३ बजेसम्म), त्यसपछि कालो, चन्द्रदिशा : दक्षिण (दिउँसो १०:४३ बजेसम्म), त्यसपछि पश्चिम, योगिनीदिशा : पश्चिम (बिहान १०:२० बजेसम्म), त्यसपछि वायव्य, वारशूल : उत्तर, धनिष्ठा पञ्चक÷सरुन प्रारम्भ (दिउँसो १०:४३ बजे), वाणपञ्चकमध्ये नृप (राज) वाण : दिउँसो ०४:१० बजेपछि, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, आज : पूर्णिमाव्रत,श्रीशिवजीमा पवित्रारोपण, बाजुरा बडिमालिका मेला, हयग्रीवोत्पत्ति, मुहुर्तः अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा÷रुद्राभिषेक)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बिहान अरूको इच्छाअनुकूल काम गर्नुपर्ने देखिन्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। किनमेलमा केही रकम खर्च हुनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ र गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। मेहनत गर्दा आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आँटेका काम बिहानै गर्दा फाइदा हुनेछ। सामाजिक जिम्मेवारी तथा नेतृत्व हातलागी हुनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। दिउँसाेदेखि पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। काम पूरा नभए पनि दिगो योजना बन्नेछ। दिगाे उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। परोपकारी काममा प्रवृत्त भइनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। मध्याह्नदेखि स्थितिमा सुधार आउनाले नयाँ काम गर्ने अवसर जुट्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
चिताएकाे काम बिहानै गर्दा फाइदा हुनेछ। व्यापार–व्यवसायमा फाइदा उठाउन सकिनेछ। तर मध्याह्नदेखि हिसाबमा देखिएको लाभांश हातलागी हुन समय लाग्नेछ। वादविवादले प्रेम र मित्रताको बन्धन कमजोर रहला। कामको चाप बढ्नेछ र सानोतिनो समस्याले अल्झाउन सक्छ। वादविवादले साथीभाइमा फाटो ल्याउन सक्छ। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सम्भावना देखिए पनि प्रतिस्पर्धा बढ्नाले ठूलो उपलब्धि नहुन सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। मध्याह्नपछि मिहिनेतको राम्राे फल प्राप्त हुनेछ। आयस्राेत बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। काम बन्नाले जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। केही रकम सञ्चय गर्न पनि सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
विशेष काम बिहानै गर्नु फाइदाजनक हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मध्याह्नदेखि सामान्य प्रतिस्पर्धामा अलमलिनुपर्ला। प्रतीक्षा गरिएको नतिजा पनि कमजोर रहनेछ। सहयोगीहरूले काममा साथ दिन छाड्नेछन् भने अस्वस्थताले व्यवसायमा पनि बाधा पुर्याउन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। दिगो काम प्रारम्भ गर्ने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। तापनि लगनशीलताले आंशिक उपलब्धि दिलाउनेछ। मध्याह्नपछि भने चुनौती पन्छाएर काम बनाउन सकिनेछ। बुद्धिको उपयोगले सफलता मिल्नेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला। विवादास्पद कामको जिम्मेवारी वहन गर्न सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
महत्त्वपूर्ण काम बिहानै गर्नु राम्रो हुनेछ। आँट गर्दा दिगो काममा हात हाल्न सकिनेछ। बोलीको प्रभाव बढ्नाले विशेष अवसर प्राप्त हुनेछ। मध्याह्नदेखि आफ्नै सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। आफ्नो प्रतिफलमाथि अरूले राज गर्नेछन्। हठले अप्ठ्यारो पार्न सक्छ। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बनाउन सकिनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। मध्याह्नदेखि नयाँ काम प्रारम्भ हुनेछ। बोलीको प्रभाव बढ्नाले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आजको उपलब्धिले थप उत्साह जगाउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अरूको करकापमा काम गर्नुपरे पनि आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। कर्जामार्फत खर्च जुटाउन सकिनेछ। काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। मध्याह्नदेखि सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउनेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। मध्याह्नदेखि खर्चिलो काम प्रारम्भ हुनेछ। यसका लागि धेरै रकम जुटाउन र आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। विदेश ताक्नेहरूलाई सुखद समाचार प्राप्त हुनेछ। प्रयत्न गर्दा देश–विदेश घुम्ने अवसर जुट्न सक्छ।

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार