• २०८१ भाद्र २३ गते आइतवार
  • Preeti To Unicode

एमालेको १० औं महाधिवेशन आयोजक समिति खारेज, १८ गते केन्द्रीय कमिटीको बैठक बस्ने


काठमाडौं : नेकपा एमाले को दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री को सरकारी निवास
बालुवाटारमा जारी बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक कायम गर्ने तयारी गरेको छ। यसअघि

मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीलाई जेठ २ को संरचनामा फर्काउने निर्णय गरेको थियो । सोही निर्णयलाई महाधिवेशन आयोजक कमिटीले अनुमोदन गर्ने भएको हो। बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जनालाई बोलाइएको छैन । गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व खारेज गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए ।

झलनाथ खनालको उपचार खर्च एमालेले बेहोर्ने
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने भएको छ । बालुवाटारमा बसेको बैठकले वरिष्ठ नेता खनालको उपचार खर्च नेकपा एमालेले बेहोर्ने निर्णय गरेको हो ।भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत नेता खनालको स्वास्थ्यलाभको कामना पनि बैठकले गरेको छ ।

१० औं महाधिवेशन आयोजक समिति खारेज, १८ गते केन्द्रीय कमिटीको बैठक बस्ने
नेकपा एमालेले १० औं महाधिवेशन आयोजक समिति खारेज गरी केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । अब केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्नेछ ।बैठकले कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको कामको उच्च प्रशंसा गरेको पनि ज्ञवालीले बताए । त्यस्तै सबै नागरिकलाई खोप दिलाउन सरकारलाई अनुरोध पनि गरेको छ ।

बैठकले स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनीत गर्ने निर्णय पनि गरेको छ ।त्यस्तै एमालेको बैठकले बाढी, पहिरोजस्ता विपदमा उद्दार र राहतमा सरकारले खेलेको भूमिकाको उच्च प्रशंसा गरेको ज्ञवालीले बताए ।वरिष्ठ नेता झलनाथ खनालको उपचारको जिम्म पनि पार्टीले लिने निर्णय भएको प्रवक्ता ज्ञवालीको भनाइ छ ।

प्रकाशित मिति : २०७८ असार १६ गते बुधवार