• २०८० असोज १६ गते मङ्गलवार
  • Preeti To Unicode

भीम रावललाई वरिष्ठ उपाध्यक्ष, पोखरेल फेरि महासचिव


कामाडौं । नेकपा एमालेमा केन्द्रीय सदस्यहरुको सूची तयार पार्ने जिम्मा पाएका चार नेताले पदाधिकारीमा सहमति गर्ने विकल्प पनि सुझाएका छन् ।चितवनको सौराहा
मा जारी एमाले को दशौं महाधिवेशन को बन्दसत्रले शुक्रबार भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष केपी

शर्मा ओलीलाई दिएको थियो ।ओलीले केन्द्रीय समितिको नाम प्रस्ताव गर्न आइतबार विहान १० बने बन्दसत्र राखेका थिए । तर बन्दसत्र रोकेर छलफलमा जुटेका उनले केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा संगठन विभाग प्रमुख विष्णु पौडेल र शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई दिएका थिए । उनीहरुले केन्द्रीय सदस्यहरुको सूची बनाएर अध्यक्ष ओलीलाई बुझाएका छन् ।उनीहरुले पदाधिकारीमा सहमतिको विकल्पहरु पनि सुझाएका छन्, जसमध्ये पहिलो विकल्प भीम रावललाई वरिष्ठ उपाध्यक्ष बनाउने र ईश्वर पोखरेललाई महासचिवमा दोहोर्‍याउने छ । रावलले अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् भने पोखरेल वरिष्ठ उपाध्यक्षका दावेदार हुन् । उनीसँगै संसदीय दलका उपनेता सुवाङ नेम्वाङले पनि वरिष्ठ उपाध्यक्षमा दाबी छाडेका छैनन् ।

यो विकल्पअनुसार सहमति खोज्दा पोखरेललाई महासचिव बनाउन विधान संशोधन गर्नुपर्छ । स्रोत भन्छ, ‘अध्यक्षलाई सर्वाधिकार दिने प्रस्तावको विपक्षमा उभिएका घनश्याम भुसाललाई उपमहासचिवमा दोहोर्‍यायाउने तयारी छ । उहाँलाई सम्झाउने जिम्मा सचिव पृथ्वीसुब्बा गुरुङलाई दिने भनिएको छ ।’साथै पदाधिकारीमा अरु नेतारुको व्यवस्थापन पनि सहज छैन । एक नेताका अनुसार पदाधिकारीमा सहमति खोज्न अध्यक्ष ओली आफैं छलफलमा जुटेका छन् ।उनले सचिवमा दाबी गरेका नेताद्वय गोकुल बास्कोटा र महेश बस्नेतसँग छलफल गरिसकेका छन् भने सुवास नेम्वाङ र भीम रावलसँग पनि छलफल गर्ने तयारीमा छन् । नेम्वाङ ओलीबाहेक अरुलाई नेता नमान्ने सन्देश दिएर बन्दसत्र स्थलतिर गइसकेका छन् भने रावल ओली बसेको होटल परिसरमा आएकै छैनन् ।

९० प्रतिशत कुरा मिलिसक्यो
नेकपा एमालेका नेता तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सहमतिमै नेतृत्व चयन गर्ने विषयमा ९० प्रतिशत कुरा मिलिसकेको दाबी गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि होटलको लबीमा पत्रकारहरुसँग कुरा गर्दै उनले अध्यक्ष पदका लागि सहमतिको प्रयास भइरहेको र अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यको हकमा लगभग सहमति भइसकेको बताए ।

उनले बाँकी रहेका विषयलाई पनि सहमतिमै टुङ्ग्याएर करिब एक घण्टापछि बन्दसत्र सुरु हुने पनि जनाकारी दिए । ‘सहमतिका लागि प्रयास जारी छ,’ उनले भने, ‘अध्यक्ष पदबाहेक अन्यमा लगभग सहमति जुटिसकेको छ ।’ अध्यक्ष पदका लागि पनि सहमति जुटाउने प्रयास भइरहेको उनको भनाइ छ ।

एमाले अध्यक्ष ओलीले सहमतिमै नेतृत्व चयनका लागि आइतबार बिहानैदेखि पार्टीका विभिन्न नेतासँग छलफल गरिरहेका छन् । उनले सहमतिमै नेतृत्व चयन गर्नका लागि छलफल गरे पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावलले भने निर्वाचनमै जोड दिँदै आइरहेका छन् । ओलीले रावलसँग पनि भेट गरी सहमति जुटाउने प्रयास गर्ने बताइएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार