काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ले देशबासी को नाम मा सम्बोधन गरेका छन् । आर्थिक वर्ष २०७८/७९ को बजेट को
पूर्वसन्ध्या मा प्रधानमन्त्री ले सम्बोधन गरेका हुन् । संवै धानिक व्यवस्था अनुसार जेठ १५ गते संसद मा बजेट पेस गर्नु पर्ने छ । तर ७ जेठको
मध्यरातमा संसद विघटन गरेपछि सरकारले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउन लागेको छ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। कोरोना महामारीले नागरिक आक्रान्त भइरहेको बेला प्रधानमन्त्री ओलीले सम्बोधन गरेका हुन्। सँगै सरकारले शनिबार अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको अवस्थामा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरेका हुन्। सरकारले १५ दिनअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भएपनि यो पटक नीति तथा कार्यक्रम आएन। प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अध्यादेशबाट बजेट ल्याउन लागिएको हो।
संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवा र केपी ओलीले प्रधानमन्त्रीका पेश गरेको दाबी नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा भएको छ। चुनाव घोषणा भइसकेको अवस्थामा अध्यादेशमार्फत् बजेट ल्याउनु असंवैधानिक
भन्दै चौतर्फी आलोचना भइराखेको छ। बजेटमा सरकारले नयाँ कार्यक्रम ल्याउन नमिल्ने बताइएको छ। चुनावमा मतदातालाई प्रभाव पार्नेगरी सरकारले नयाँ नीति तथा कार्यक्रमका लागि बजेट विनियोजन गर्नु नहुनेमा विज्ञले जोड दिएका छन्।
भिडियो सौजन्य नेपाल टेलिभिजन