• २०८० फाल्गुन ११ गते शुक्रवार
  • Preeti To Unicode

प्रधानन्यायाधीश राजीनामा देउ, नेताहरु माफी माग’ भन्दै माइतीघरमा प्रदर्शन


काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा न्यायपालिकाको स्वतन्त्र र रक्षाका लागि नागरिक प्रदर्शन गरिएको छ।बुधबार साँझ साढे ४ बजे विवेकशील साझा पार्टीले
नागरिक प्रदर्शन गरेको हो ।प्रदर्शनमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गरिएको छ । प्रधानन्यायाधीश जबराले न्यायालयको साख जोगाउन नसकेको भन्दै उनीमाथि

अहिले चौतर्फी हमला भइरहेको छ ।सर्वाेच्च अदालतका न्यायाधीश, नेपाल बार एशोसिएसनलगायत न्यायालयसँगसम्बन्धित संस्थाले प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेका छन् ।माइतीघरमा नागरिक आन्दोलनकर्मीले ‘प्रधानन्यायाधीश राजीनामा देउ,’ ‘न्यायाधीशहरु बेञ्चमा फर्क,’ ‘नेताहरु माफी माग’ ‘नेताहरु न्यायालयमा हस्तक्षेप नगर,’ भन्दै प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २०७८ कार्तिक १० गते बुधवार