• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० असाेज १० गते बुधवार। श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० आश्विन १० गते बुधवार तदनुसार ई. सं. २०२३ सेप्टेम्बर २७ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४६ बजे र सूर्यास्त : साँझ ०५:४६ बजे, चन्द्रोदय : दिउँसो ०३:४५ बजे र चन्द्रास्त : भोलि बिहान ०३:३९ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५४ बजे र सूर्यास्त : साँझ ०५:५४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०० बजे र सूर्यास्त : साँझ ०६:०० बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:१४ बजे र सूर्यास्त : साँझ ०६:१४ बजे

भाद्रपद शुक्लपक्ष (ञलाथ्व) त्रयोदशी तिथि, बेलुका ०८:४४ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, धनिष्ठा नक्षत्र, बिहान ०६:०३ बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र, भोलि बिहान ०४:२२ बजेसम्म, अन्तिममा पूर्वाभाद्रा नक्षत्र (नक्षत्र टुटेको दिन) चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त), धृति योग, बिहान ०७:५२ बजेसम्म, त्यसपछि शूल योग भोलि बिहान ०४:४६ बजेसम्म, अन्तिममा गण्ड योग (योग टुटेको दिन) , सुरुमा कौलव करण बिहान ०९:५८ बजेसम्म, त्यसपछि तैतिल करण बेलुका ०८:४४ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : मित्र, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : दक्षिण (बेलुका ०८:४४ बजेसम्म), त्यसपछि पश्चिम, वारशूल : उत्तर, धनिष्ठा पञ्चक÷सरुन परेको दिन, वाणपञ्चकमध्ये मृत्यु वाण : बिहान ०९:५६ बजेपछि, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, आज : श्री बुध प्रदोष व्रत (सुखसम्मृद्धि र प्रेमजीवनका निमित्त), न्यूघया, विश्व पर्यटन दिवस, राष्ट्रिय क्यान्सर सतर्कता दिवस, आजको मुहूर्त : अन्नप्राशन (पास्नी), डेरा सर्ने

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ११ गते : अनन्त चतुर्दशी व्रत, कुमारी यात्रा, इन्द्रजात्रा, स्वाँछाय, लङ्कु ढँडारमा मष्टो पूजा, सद्गुरु देवचन्द्र जी महाराजको धामगमन (कृष्णप्रणामी), पर्यटन दिवस, १२ गते : श्री पूर्णिमा व्रत, चोनम पर्व (चेपाङ समुदाय), महालय प्रारम्भ, प्रौष्ठपदी श्राद्ध, नान्दी मातामह श्राद्ध, इन्द्रदह स्नान, भक्तपरमा सिद्धपोखरी मेला, प्राणनाथ छत्रशाल मिलाप (कृष्णप्रणामी), यँया पुह्नि, वंधः याः (नेवारहरूको पर्व), नागरिक सुरक्षा दिवस, विश्व मुटु दिवस, अन्तर्राष्ट्रिय आविष्कारक दिवस, १३ गते : सोह्र श्राद्धअन्तर्गत प्रतिपदा र द्वितीया श्राद्ध, पुञ्चली भुजा (नेवारहरूको पर्व), अन्तर्राष्ट्रिय अनुवाद दिवस,

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पुराना कामको चर्चा हुनेछ भने नयाँ अवसर पनि प्राप्त हुनेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। आवश्यक पर्दा साथीभाइको सहयोग भने नजुट्न सक्छ। मेहनतले नाम, दाम र इनाम प्राप्त हुनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
नयाँ जिम्मेवारी प्राप्त हुने समय छ। सामाजिक काममा रुचि बढ्नेछ। रोकिएको कामले पनि निकास पाउनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। दिनभर दौडधुप गर्नुपरे पनि काम अधुरो रहला। पहिलेका समस्या दोहोरिनाले उत्साहमा समेत कमी आउन सक्छ। स्वास्थ्यमा कमजोरी देखापर्नुका साथै उपचारमा खर्च हुने योग छ। महत्त्वपूर्ण समय घरेलु समस्यामै अल्झनुपर्ला। हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ने छ। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। परिवारजनको साथले केही समस्या सुल्झनेछन्। उधाराेमा व्यापार गर्नुपर्ला। खानपान, मानोरञ्जन र पहिरनको सोखले खर्च बढाउन सक्छ। निम्तो मान्ने क्रममा आतिथ्य खर्चिलो बन्ने देखिन्छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन्। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। छोटो समयमा विशेष उपलब्धि प्राप्त हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, मिहिनेतले काम सम्पादन हुनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। मनग्य धनलाभ हुनेछ भने पहिलेकाे लगानीले दिगो फाइदा दिलाउनेछ। मिहिनेतले दैनिकीमा सुधार ल्याउनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पर्दै लाभ उठाउन सफल भइनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। खर्च लागे पनि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। तर आफ्नाे उपलब्धिमा अरूले दाबी गर्न सक्छन्।

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार