• २०८१ असोज २४ गते बिहिवार
  • Preeti To Unicode

देउवा सरकारमा माधव नेपाल समूह सहभागी, दिइयो प्रदेश प्रमुख र योजना आयोगको एक सदस्य


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देउवा सरकारमा सहभागी हुने बताएका छन् । पाँच दलीय गठबन्धनबाट
बनेको देउवा सरकारमा आफूहरु सहभागी हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उनले वचन दिएका हुन् ।मंगलबार

बिहान नेपालसँगको भेटपछि बोलाइएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले नेपालले भनेको कुरा जस्ताको तस्तै भनेका थिए‘माधवजीले पार्टीमा एकताको कुरा चलिरहन्छ, तर हामी सरकारमा सहभागी हुन्छौँ भन्नुभएको छ,’ अध्यक्ष प्रचण्डले भने ।बैठकमा अध्यक्ष प्रचण्डले नेपालको भागमा एक प्रदेश प्रमुख र एकजना योजना आयोग सदस्य पनि छुट्याइएको बताएका छन्। अध्यक्ष प्रचण्डले बैठकमा भने, ‘प्रदेश प्रमुख र योजना आयोग सदस्यको पनि हामी नाम दिन्छौँ ।’ओली सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुखहरु फेर्न हाल मन्त्रिपरिषद्को बैठक जारी रहेको छ ।

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु : प्रदेश प्रमुख हेरफेर गरिँदै
मंगलबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको मन्त्रिपरिषद् बैठकमा प्रदेश प्रमुखहरुको हेरफेर गर्ने निर्णय गरिने भएको छ । केही बेरअघि सुरु भएको बैठकमा प्रदेश प्रमुखहरुको हेरफेरको निर्णयबारे छलफल भइरहेको छ ।

यसअघि माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा गरेको आयोजना गरेको स्थायी समितिको बैठकमा केपी ओली नेतृत्वको सरकारले हटाएका गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखमा अमिक शेरचन र तिलक परियारलाई दोहोर्याउने भनि सिफारिस गरेको छ ।

प्रकाशित मिति : २०७८ साउन १२ गते मङ्गलवार