• २०८१ असोज २८ गते सोमवार
  • Preeti To Unicode

एमाले महाधिवेशन : खचाखच भरिँदै नारायणी किनार (फोटोफिचर)


चितवन: नेकपा एमालेको दशौं महाधिवेशनको आज उद्घाटन हुँदैछ। अहिले महाधिवेशनस्थल नारायणी नदी किनारमा जनलहर उर्लिने क्रम जारी छ। दिउँसो उद्घाटन
हुने महाधिवेशनका लागि देशभरबाट कार्यकर्ता एवं शुभेच्छुकहरु आउने क्रम सुरु भएको छ।चितवनबाट बाजागाजासहित जनसहभागिता हुने तयारी भइरहेको एमालले जनाएको छ। जिल्लाका

मुख्य राजमार्ग र सहायक राजमार्गमा गरी ४५ बढी स्थानमा स्वागतद्वार निर्माण गरिएका छन्। एमालेले पाँच लाख मानिस नदीकिनारमा उतार्ने बताएको छ।महाधिवेशन उद्घाटनका लागि एमालेका नेताहरु चितवन आइसकेका छन्। महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत देशबाट प्रतिनिधिहरु सहभागी हुनेछन्। एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार चितवन पुगिसेका छन् भने महाधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा केही बेरमा आउँदैछन्।महाधिवेशनमा २ हजार बढी प्रतिनिधि सहभागी हुने जनाइएको छ। नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र भोलि र पर्सि सौराहामा हुनेछ । महाधिवेशन तीन दिनसम्म चल्नेछ।

प्रकाशित मिति : २०७८ मङ्सिर १० गते शुक्रवार