• २०८१ असोज १ गते मङ्गलवार
  • Preeti To Unicode

मुख्यमन्त्रीद्वय शाक्य र आचार्यलाई समर्थन छैन : नेपाल


काठमाडौँ — नेकपा (एमाले) विभाजन भएर गठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश
१ का मुख्यमन्त्री भीम आचार्य लाई अहिलेको अवस्थामा समर्थन गर्न नसकिने सन्देश दिएका छन् । पार्टीले निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरेको भोलिपल्ट बिहीबार अध्यक्ष नेपाले

सञ्चारकर्मीले प्रदेश १ र वागमती प्रदेशको मुख्यमन्त्री आचार्य र शाक्यलाई समर्थन गर्नुहुन्छ ? भन्ने प्रश्नको जवाफमा उनीहरू पार्टीमा आए सहकार्य हुने नत्र सम्भावना नरहेको जवाफ दिए ।यो पार्टीमा रहेमा ठीक छ । विरोधी पार्टीमा रहेसम्म सहकार्य सम्भव छैन । शत्रुतापूर्ण ढंगले चल्नेसँग एकता र सहकार्य सम्भव छैन । सहकार्यको बाटोमा आउँछन् भने हामी सहकार्य गर्न प्रतिबद्ध छौं,’ अध्यक्ष नेपालले भने ।

मुख्यमन्त्री आचार्य र शाक्यले विश्वासको मत लिनुपर्छ ?
एमालेभित्रको विवादमा लामो समयदेखि नेपालको पक्षमा रहेका शाक्य र आचार्य हाल ओलीको पक्षमा लागेका छन् । शाक्यले केही दिन पहिले वाग्मती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी पाएकी थिइन् भने आचार्यले बिहीबार मात्रै शपथ लिएका थिए । यी दुवै प्रदेशमा एमालेको एकल सरकार छ । तर, एमालेबाट केही प्रदेशसभा सदस्यहरू मात्रै एकीकृत समाजवादीतिर लाग्दा दुवै प्रदेशका सरकार अल्पमतमा पर्ने निश्चित छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने आफ्नो पार्टीमा आउनका लागि दुवैलाई भनेका छन् । उनले ओलीले विगतमा चालेका कदमको समर्थन गर्दै एमालेमा रहेकासँग सहकार्य सम्भव नभएको बताएका हुन् । ‘प्रतिगमनको पक्षमा लाग्नेसँग सहकार्यको सम्भावना छैन,’ उनले भने ।

कम्युनिस्ट आन्दोलनले स्थापित गरेका दृढ अडान र मान्यतामा अडिइरहन्छाैं : अध्यक्ष नेपाल
एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादीमा आएमा आफूहरूले सहकार्य गरेर जाने र एकताका लागि सधैं पार्टीको ढोका खुला राख्ने अध्यक्ष नेपालको भनाइ थियो ।

नयाँ पार्टीमा रहेका नेता र कार्यकर्तालाई व्यवस्था गर्नुपर्ने भएको र उनीहरूको विभिन्न निकायमा सहभागिता सुनिश्चित गर्नुपर्ने भएकाले पनि शाक्य र आचार्यको सरकारलाई अहिलेको अवस्थामा समर्थन गर्न नसकिने नेपालको भनाइ थियो ।

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार