• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

एमालेमा पुन: २ अध्यक्ष रहने नेपाललाई कार्यकारी अध्यक्ष दिएर पाटी एकता गर्ने तयारी !


वरिष्ठ नेता माधव कुमार नेपालले कार्यकारी अध्यक्ष पद मागेपछि सत्तारुढ एमालेमा अर्को विवाद सुरु भएको छ । यद्यपि, खनाल–नेपाल समूहले भने सो प्रस्ताव अध्यक्ष ओलीबाट आएको बताएको छ ।अध्यक्ष केपी शर्मा ओली निकट उच्च स्रोतले भन्यो, ‘नेपाल जी यता पनि

कार्यकारी अध्यक्ष मागिरहनु भएको छ । विपक्षी गठबन्धनसँग गएर पनि आफ्नै अध्यक्ष विरुद्ध मोर्चाबन्दी गरिरहनु भएको छ ।’२०७५ सालको जेठ २ को अवस्थामा फर्किने भनिसकेपछि पनि खनाल–नेपाल समूहले निरन्तर विपक्षीसँग गठबन्धन गरेर पार्टीभित्र अन्तर्घात गरिरहेको अध्यक्ष ओली समूहका एक नेताको भनाई छ ।

खनाल–नेपाल समूहका नेता बेदुराम भुसालले भने नेपाललाई बालुवाटारबाटै अध्यक्षको प्रस्ताव आएको बताउनुभयो । पार्टीको विवाद समाधानका लागि ठोस ऐजेण्डामा छलफल हुनु भन्दा पनि बालुवाटारले पदको लोभ देखाईरहेको भुसालको भनाई छ ।

तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई जस्तै जिम्मेवारी र भूमिकाविहीन बनाउने प्रपञ्चसहित अध्यक्ष ओलीको सो प्रस्ताव आएको भुसालको आरोप थियो ।

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसला आउनु अघि नै पार्टीमा एकता कायम गर्न उच्चस्तरीय वार्ता जारी राखेको एमालेका नेता सुवास नेम्वाङको भनाई छ । विपक्षी गठबन्धनसँग बैठक गर्न छाडेर पार्टीमा आफ्ना कुरा राख्न नम्वाङले नेता नेपाललाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २०७८ असार १२ गते शनिवार